विराटनगर ७ साउन ।
प्रेम देवान
विराटनगर आईपुग्नु भएका उपराष्ट्रपति परमानन्द झाले नैतिकतालाई आत्मसात गर्दै नयाँ संविधान निर्माण प्रक्रियामा जुट्न सबै दलहरुलाई आग्रह गर्नुभएको छ । विराटनगरमा आज ६६ औं अणुव्रत अधिवेशनको उद्घाटन गर्दै उपराष्ट्रपति झाले दलीय स्वार्थ त्यागेर संविधान निर्माणमा अग्रसर हुन आह्वान गर्नुभएको हो । उहांले दलगत स्वार्थ हाबी हुँदै जाँदा संविधान निर्माण प्रक्रियामा समस्या देखा परेको भन्दै चिन्तासमेत व्यत गर्नुभएको छ । नेपाली जनताले दिएको अभिमतलाई कदर गर्न सकेमा मात्रै दलहरु नैतिकवान बन्न सक्ने उहांको भनाइ थियो ।