विराटनगरको रानीमा एम्बुलेन्सल तोडफोड

विराटनगरको रानीमा एम्बुलेन्सल तोडफोड

प्रेम देवान

विराटनगर ८ भदौ । बन्दको अवज्ञा गरेको भन्दै विराटनगर– २१ स्थित रामजानकी चौकमा वन्दकर्ताहरुले एउटा एम्बुलेन्सल तोडफोड गरेका छन् । जोगबनीबाट धरान तर्फ जाँदै गरेको को.१ज १८०४ नम्बरको एम्बुलेन्सलाई रोकेर विराटनगर– २१ का २६ वर्षीय गुड्डु आलमसहित ४–५ जनाको समूहले ढुंगामुढा गरी तोडफोड गरेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुको तोडफोडबाट एम्बुलेन्सको सबै सिसाहरु फुटेको जनाइएको छ । बन्दकर्ताहरुले भने एम्बुलेन्स भएर सर्वसाधारण यात्रुहरुलाई चढाएर लान लागेपछि तोडफोड गरेको बताएका छन् । तोडफोडमा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय रानी विराटनरले गुड्डु आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्