मोरङ सहकारी अस्पतालको मुल गेट अघि नै चिया नास्ता पसल छ । त्यँहा पुग्ने प्रायको मुखमा एउटा नाम झुन्डिन्छ 'जोजो' । कसैले 'जोजो'सँगै दाई जोड्छन् कसैले भाई । "म २०६४ सालमा ओखलढुङ्गाबाट कामको खोजीमा विराटनगर आएको हुँ । सुरुमा होटल व्यवस्थापनको सिप सिक्दै केहि कामहरु गरें अनि पछि २०६८ मा आँफ्नै पसल खोलेको हुँ ।" उनले थपे , "उतैबाट प्रेम विवाह गरेर यता आएको हुँ । उनलाई जोजो को अर्थ सोध्दा हाँस्दै भने 'हाम्रो तामाङ भाषामा जोजो भनेको दाई हो । यहाँ धेरैले यसैलाई मेरो नाम सोचेर 'जोजो दाई' वा 'जोजो भाई' भन्छन् ।"
केहि दिन अघि यिनले फेसबुकमा आफ्नो एकाउन्ट बनाए अनि नाम लेखे 'बुद्दिराज तामाङ' । "फेसबुक प्रोफाईलमा हालेको फोटो देखेर धेरैले नचिनेको नाममा चिने चिने जस्तो मान्छे को हो भनेर हेरेछन् , मलाई आएर सुनाए" उनले भने "नाम चेन्ज गरेर जोजो नै राख्नु पर्यो अब" ।
"यहि पसलबाट जिविकोपार्जन चलिरहेको छ । अब यसैलाई बढाउने ईच्छा छ।" उनले भविष्यको योजना सुनाए ।
[caption id="attachment_14773" align="aligncenter" width="960"] जोजो दाईको पसल (तस्विर: आवर विराटनगर)[/caption]