बन्दका कारण विद्यार्थीहरु विराटनगर छोडेर घर फर्किन थाले

<span class='c1'>बन्दका कारण विद्यार्थीहरु विराटनगर</span> <span class='c2'>छोडेर घर फर्किन थाले</span>

विराटनगर ९ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिमांकनको विरोधमा आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विद्यार्थीहरु विराटनगर छोडेर घर फर्किन थालेका छन् । विगतको सम्झौता कार्यान्वयन र अन्तरिम संविधानअनुसार संविधान निर्माण गर्नुपर्ने भन्दै गरेको आदोलनले विद्यार्थीहरु घर फर्किन थालेका छन् । विद्यालय र कलेज पनि बन्द हुने र खर्चको पनि अभाव हुनथालेपछि उनीहरु घर फर्किन थालेको बताउँछन् । लगातार बन्द र प्रदर्शन पनि हिंसात्मक हुन थालेपछि अभिभावकहरु आफ्ना छोराछोरीलाई घर फर्काउन बाध्य भएका हुन् । विराटनगरमा करिब २७ वटा होस्टलहरु सञ्चालनमा रहेका छन् । धेरै विद्यार्थी कोठा भाा लिएर बस्ने गरेका छन् । विराटनगरमा अध्ययन गर्ने विद्यार्थीमध्ये ७० प्रतिशतभन्दा बढी विद्यार्थी बाहिर जिल्लाका रहेका छन् । निरन्तरको बन्दका कारण अति आवश्यक वस्तुहरुको मूल्य पनि आकाशिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्