कैलालीको कर्फ्यु आज चौथो दिन पनि जारी

<span class='c1'>कैलालीको कर्फ्यु आज चौथो</span> <span class='c2'>दिन पनि जारी</span>

सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै दंगाग्रस्त क्षेत्र घोषणा गरिएको कैलालीका दुई नगरपालिका र नौ वटा गाविसमा लगाएको अनिश्चितकालीन कर्फ्यु आज चौथो दिन पनि जारी छ । टीकापुर र भजनी त्रिशक्ति नगरपालिका, दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुरमा लगाइएको अनिश्चितलकालीन कर्फ्युलाई स्थानीय प्रशासनले निरन्तरता दिएको हो । दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेना परिचालन गरिएको छ । उता, धनगढी नगरपालिकामा आज बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म लागू हुने गरी फेरी कर्फ्यु आदेश जारी गरिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्