नेपाल फाइनलमा प्रवेश

नेपाल फाइनलमा प्रवेश

काठमाडौं, १० भदौ । नेपाल १९ वर्षमुनिको पहिलो साफ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल प्रतियोगिताको बलियो दाबेदार मानिएको अफगानिस्तानलाई ३—२ गोलअन्तरले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । नेपालको जीतमा अन्जन विष्टले दुई तथा सुनिल बालले एक गोल गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुरको सातदोबाटोस्थित मैदानमा बिहीबार भएको खेलमा अन्जनले दुवै गोल पहिलो हाफमा गरेका हुन् । खेलको ३४ औं मिनेटमा सुनिल बालले प्रहार गरेको कर्नर किकलाई हेडमार्फत गोलमा परिणत गरेका अन्जनले ३६ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका हुन् । पहिलो हाफमा २—० गोलअन्तरले अग्रता लिएको नेपालले दोस्रो हाफको सुरुमै गोल खायो । बल क्लियर गर्ने क्रममा अनन्त तामाङले आत्मघाती गोल गरे । तर खेलको ५१ औं मिनेटमा सुनिल बलले डिबक्स नजिकै प्राप्त फ्री किकलाई उत्कृष्ट रुपमा गोलमा परिणत गरेर नेपालको अग्रतालाई बढाए । २ गोलले पछाडि परेको अफगानिस्तानले ७१ औं मिनेटमा गोलअन्तर घटायो । दुई गोल गरेका अन्जनले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरे । तर कप्तान विमल घर्तीमगरले भने अघिल्ला खेलहरुमा जस्तो प्रदर्शन गर्न सकेनन् । प्रतियोगिताबाट बाहिरिएपछि अफगानिस्तानका खेलाडीले रेफ्रीमाथि दुव्र्यवहार गर्ने प्रयास गरेका थिए । यसैबिच विहिवार नै भएको अर्को खेलमा बंगलादेशलाई ट्राइबेकरमा ४—३ गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । ९० मिनेटसम्म दुवै टोलीका तर्फबाट गोल हुन नसकेपछि जीत हारको  निर्णयका लागि ट्राइबेकर  गर्नुपरेको थियो । ट्राइबेकरमा भारतले पहिलो पेनाल्टी पोष्टमाथि फालेकामा बंगलादेशले पनि तेस्रो र चौंथो पेनाल्टी खेर फाल्यो । भारतको पाँचौं पेनाल्टी पोलमा लागेर फर्किएकामा बंगलादेशले पाँचौं पेनाल्टीलाई गोलमा परिणत गरेपछि  ट्राइबेकरमा ३—३ गोलको बराबरी भयो । त्यसपछि खेल सडेन डेथमा पुगेकामा भारतले छैटौं पेनाल्टीलाई गोलमा परिणत ग¥यो । तर बंगलादेशका खेलाडीले छैटौं पेनाल्टीलाई पोष्टमाथि बाट वारि फाले र भारत उपाधीका लागि फाइनलमा पुग्न सफल भयो । फाइनल खेल आगामी शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्