सबैभन्दा धेरै मलाई , देशको माया लाग्छ !

सबैभन्दा धेरै मलाई , देशको माया लाग्छ !

 

"सबैभन्दा धेरै मलाई , देशको माया लाछ ............." ! यो नेपालि राष्ट्रिय गीत अन्जु पन्तले गाएकिरहिछिन , लेख्न चाहिं दुर्गा प्रसाद अधिकारीले हो क्यारे ,कत्ति सुन्दर गीत लेखेका रहेछन !
हिजो छाडी अस्ति , मलाई अमेरिकामा बस्ने एउटा नेपालि भाईले फेस-बुक मार्फत अडियो कुराकानी गरेर मसंग अनुरोध गरे , लौन दाजु , एउटा राम्रो देश-भक्तिपूर्ण लेख लेखिदिनुपर्यो, जुन लेख भित्र यो पिडित नेपालि भाईको माया पनि झाल्कियोस ! बरु म जे गर्न र जे दिन पनि तयार छु तर मेरो देशमा शान्ति छाओस र हामि सात-समुद्र पारि बस्ने नेपालीहरुले पनि ढुक्क हुन पाऊँ कि मैले दुख-कष्ट गरेपनि मेरो देश त हाँसिरहेको छ नि भन्न पाऊँ , दाजु , लौन एउटा राम्रो लेख लेखिदिनु पर्यो , भन्दै उनले एउटा सार्है राम्रो कविता पनि सुनाए, जुन कविता उनि आफैंले रचेका रहेछन !
मैले सोचें कतै उनले मलाई नै पो केहि दिने कुरो गरेका होलान !त्यसैले मैले भने, हैन मसंग सबैथोक छ, केहि दिनुपर्दैन , म कोशिश गर्नेछु , हेरौं कस्तो प्रकारको लेख्न सक्दोरहेछु , भनेर जवाफ दिएँ ! उनले फेरि भने , म अमेरिकामा भाँडा माझेर बसिरहेको छु, मैले कमाएको पैसाले मेरो आफ्नो परिवार लाई नै पनि राम्ररि पुग्दैन तर म हिजो के थिएँ र , मैले हिजो कुन्सा ठुलो सपना देखेको थिएँ र , त्यहि बिराटनगर मैं यसो बनि-बुटो गरेर खान्थें होला , माओवादी युद्धको बेला यसो जुगाड लगाएर , आफ्नो देश छोडेर यता भासिनुपर्यो , नत्र म त्यत्रो दिनसक्ने हैसियत भएको मान्छे त कहाँ हूँ र , दाजु ! तर मेरो देश हाँस्छ भने मैले अहिले सम्म जम्मा पारेको श्री-सम्पत्ति सबै दिन तयार छु, तर सर्त यो हुनुपर्छ कि मेरो देशले रुनु नपरोस ! मा-कसम दाजु , सबैभन्दा धेरै मलाई , देशको माया लाग्छ !

मैले त्यो भाईको कुरो सुनिसकेपछि , एउटा लेख चाहिं लेखें तर उसको तरिकाको लेख्न सकिन ! किनभने मलाई पनि टिकापुर काण्डले रुवाएको थियो ,र म सोचिरहेको थिएँ कि के गर्दा र कसरि सबैजना मिलेर बस्न सकिन्छ होला ! त्यहि सोचाई लाई ध्यानमा राखेर , त्यहि बसाइ मैं , मैले एउटा लेख लेखें र लेखको निचोड चाहिं राजनीतिक खेलाडीहरुको साँढे पाल्ने सौख , रक्शी र मासु खाने बानि र विदेशीको जस्तो जीवन-शैली नै हो भन्ने नै थियो !

त्यहि दिन मैले अन्जु पन्तले गाएको राष्ट्रिय गीत ,""सबैभन्दा धेरै मलाई , देशको माया लाछ ............." बोलको गीत सुन्ने मौका पाएँ ! केहि महिना अघि अन्जु पन्त निक्कै ठुलो विवादमा परेकी थीइन , त्यो सबै विवाद मैले पनि पढेको अनि सुनेको थिएँ ! हाम्रो देशमा जहिल्यै कुनै न कुनै विवाद भैरहन्छ , कहिले सानो कुरामा त कहिले ब्यर्थै मा तर अहिले सम्म आफ्नो देश रक्षाको लागि विदेशी संग विवाद गरेको मैले न देखेको छु, न पढेको छु , नत टिभी.रेडियोमा हेरेको र सुनेको नै छु ! गीत सुन्दा-सुन्दै मेरा आँखा बाट आँसु नै बगे , म भाव-बिहोर भएँ !

बिगतमा मैले पनि आफ्नो देश छोडेर विदेश जानेहरु लाई कहिल्यै मन पराइन , न त समर्थन नै गरें !खासगरी आफ्नो श्रम बेच्न जानेहरु लाई त मैले जहिल्यै निरुत्साहित नै तुल्याएँ , कारण थियो मेरो पेशा र पेशा प्रतिको धर्म !हेर ! हेर ! शिक्षक भनाउदोको बुद्धि , युवा लाई विदेश जाने पो सल्लाह दिदोरहेछ , भन्छन भनेर पनि कन्सियास्ली नै मैले सबैलाई विदेश जान बाट रोक्ने कोशिश गर्थें र निरुत्साहीत् गर्थें ! मेरो आफ्नै भतिजोले मेरो कुरो चित्त नबुझेर झन्डै-झन्डै रिसाएथ्यो ! उच्च शिक्षा लिन जाँदा उतै बस्छ भन्ने मेरो डर थियो , अहिले श्रीमती पनि उतै लिएर गएको छ , अब उ फर्किएर अऊँछ भन्ने कुरोमा म विश्वाश नै गर्दिन ! मैले सोचेको थिएँ कि विदेश जानेहरु , खास गरि उतै बस्नेहरु , कोहिपनि देशको माया गर्दैनन् , केवल माया गरेजस्तो मात्रै गर्छन र गफ लाऊँछ्न ! तर, हैन रहेछ, आफ्नो जन्म-भुमि छोडेर जानेहरु त झन् हामि यहीं भित्र बसेकाहरु भन्दा बढ्ता देशको मायाले रुँदारहेछन ! त्यो अमेरिका बाट फोन गर्ने भाई साँच्चै नै रुँदै थियो र भन्दै थियो, दाजु "सबैभन्दा धेरै मलाई , देशको माया लाछ ............."
हुन त समयको मांग लाई कसैले रोक्न सक्दैन ! अरु देशमा १०० बर्ष अघि नै भैसकेको काट-मार , हाम्रो देशमा भर्खर आउंदैछ ! धेरै चेतना आउनु पनि , मानवीय चेतना गुमाउनु हो भन्ने कुरो सुनेको /पढेको हुँ ! हामि नेपालि लाई त्यहि "धेरै " चेतना आएकोले होला , हामि हाम्रो मानवता लाई बिर्सेर , आफैं -आफैंमा काट-मार गर्दैछौं ! झन् , उरालिदिने छिमेकी र मित्र-देशहरुका स्वार्थले होला हामि मध्य कतिपय त हरिया डलर र राता भारुको चमकमा अन्धा भएर , आफन्त लाई नै सिध्याउन लागिपरेका छौं !
लौन ! त्यो भाईले भनेजस्तै के दिंदा र के गर्दा मेरो देशमा शान्ति अऊँछ , म पनि त्यसै गर्न तयार छु , तपाईंहरु नि ???
पुरु !

-Purusottam Bhandari

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्