ताली दिउँ कि गाली ? – पुरुषोत्तम भण्डारी

ताली दिउँ कि गाली ? – पुरुषोत्तम भण्डारी

नेकपा एमालेका अध्यक्ष के.पी ओलीले हिजो संचार माध्यमबाट आफ्ना वर्गीय संगठनहरुलाई आह्वान गर्दै भनेकी आइलाग्नेका बिरुद्धमा जाइलाग्नुपर्यो , बाख्राको घाँटीमा बाँधेको लुर्को जस्तो भएर टुलुटुलु हेरेर बस्नु हुँदैन !जसले हाम्रा घर-ढोका फोड्न अऊँछ , सार्वजनिक सम्पत्ति तोड-फोड गर्छ त्यसलाई रोक्नुपर्यो , र आफ्नो मालसामानको आफैं शुरक्षा गर्नुपर्यो ! पोहोर साल नै एमालेमा मिलेर बस्न नसक्ने रामचन्द्र झा र अशोक राई जस्ता पुराना नेतालाई ढोका खोलेर बाहिरको बाटो देखाईदियो !नेपालको राजनीतिमा जुन पार्टीलाई पिंध नभएको लोहोटा भनेर , शिव-रुपी अर्ध नारी र अर्ध पुरुषको जस्तो रुप भएको भनेर र अडान नभएको , जता मल्खु ,उतै ढल्कु भनेर नामाकरण गरिएको थियो , अचेलभरि ओलीको नेतृत्व पाएर नै होला ,बडो खरो र दह्रो रुपमा प्रस्तुत भैरहेको देख्दा , मलाई चाहिं लाग्नथालेको छ , गाली दिउँ कि ताली ?

राम्रो काम गर्नेलाई जसले पनि ताली नै दिने हो , जस्तो कि अहिले सामान्य प्रसासन-मन्त्रि लालबाबु पण्डितले चारैतिर बाट तालिनै खाइरहेका देखिन्छन ! नराम्रो काम गर्नेलाई जसले पनि गाली नै गर्ने हो , जस्तोकि अहिले नेपालि कांग्रेस भित्रको अमरेस-सिंह नाम गरेको एउटा नेताले सबैतिर बाट गालिनै खाइरहेको देख्न सुन्न पाइन्छ तर त्यहि पार्टी भित्रका प्रखर वक्ता , युवा नेता र इमान्दार व्यक्ति भनेर चिनिएका गगन थापा , जो बिगतमा खुबै ताली खान्थे , अहिले अमरेस-सिंह मामिलामा चाहिं , न बोलेको सुनिन्छ , न खोकेको नै सुनिन्छ भने तिनले अब के खाने होलान, गाली कि ताली ? आफुलाई संसार भरिकै पुस्तक पढेको विद्वान सम्झिने प्रदिप गिरि भनाउदो बौद्दिक नेताले पनि यस्तो संवेदनशील मामिलामा एक-शब्द नबोल्दा गाली खान्छन कि ताली ? अहिले म दोधारमा पर्नुका दुई कारण छन ! म भनेको एउटा सामान्य अदनो जनतो, जन्तु नै भएपनि अलि-अलि लेख-पढ गर्न सम्म जानेको जन्तु , मानवरुपी जन्तु ! एकातिर मैले मेरो वाल्यकाल देखिनै आफुलाई कांग्रेस भन्न मन पराएको , कम्युनिष्ट हरुले बुढा-बुढीहरु लाई मार्छन अरे भन्ने सुनेका दिन देखि नै आफ्नी प्यारी न प्यारी , आमा भन्दा प्यारी हजुरआमा लाई मारिदिन्छन होला भन्ने डरले कांग्रेस भन्न सिकेको तर पछि स्कुले जीवनमा र कलेज जीवनमा चाहिं कांग्रेसी कोइराला भिनाजुहरुको संगतमा परेर र कम्युनिष्ट भनाउदा कलेजका साथीभाई हरुले हामि भाडामा बसेका यी सबै ठुला घर पछि कम्युनिष्ट सासन आएपछि हाम्रै त हुन्छन नि भनेर दागा धरेको सुन्दा , म झन्-झन् बढी कांग्रेसको नजिक भएको थिएँ, कांग्रेस कै बिद्यार्थी सदस्यता रु २ को रसिद काटेर खाँटी कांग्रेस भएको र पछि चुनाव हुँदा, खासगरी संबिधान सभाका दुवै चुनावमा कांग्रेस लाई नै भोट खसाल्ने व्यक्ति भएकोले , कांग्रेस लाई हत्त-पत्त गाली गर्न आऊँदैनथ्यो तर अचेलभरि राम्रो -नराम्रो छुट्याउन सक्ने भएको कारणले हो कि सबै मोरा उस्तै रहेछन भन्ने फ्रस्टेसन को कारणले हो , कांग्रेसकै पनि साँढेहरु लाई साँढे र गौ-प्राणि लाई गाई-सरह इज्जत दिनथालेको छु ! त्यहीअनुरूप नै गाली वा ताली दिनुपर्छ जस्तो पनि लाग्न थालेको होला ! अर्कोतिर जिन्दगिभरि जसलाई शंकाको दृष्टिले हेरियो , स्व. गिरिजाप्रसाद कोइरालाले नाम दिएको माले , मशाले र मण्डले भनेका यौटै हुन् भन्ने कुरोलाई ठिक भन्यौ बुढा ! ठिक भन्यौ भन्दै ताली ठोकियो र मान्छे मार्ने कम्युनिष्ट लाई सधैं , चाहे त्यो प्रचण्डको पार्टी होस् या बैद्यको पार्टी होस् , चाहे त्यो भू.पु राजा ज्ञानेद्र(जसलाई म अमरिसपुरी संग तुलना गर्थे )हुन् वा राजाको नाममा गोलि ठोक्न उक्साउने सुर्यबहादुर थापा , कमल थापा होउन, सबैलाई केवल गाली दिइयो, आज आएर त्यहि पिंध नभएको लोहोटा भनेर चिनिएको पार्टी नेता ओलीको खरो र दह्रो बोलि सुनेर , ताली दिउँ कि गाली दिउँ भनेर अलमल पो परियो हौ ? अब ओलीका कुरा सुनेर ताली दिउँ भने , देश रुवान्डा को बाटोमा हिंड्ने निश्चित छ ! हैन , गाली दिउँ न त भनौं भने यत्रो भिडमा औंलो ठड्याएर बोल्न सक्ने जम्मा एउटा दह्रो र खरो नेपाली नेता लाई कसरि गाली दिउँ ?

अघिल्लो दिन त्यो छिमेकी नाइकेले मेरा एक-करोड जनता लाई छोलास भन्यामात्रै थियो , भोलिपल्ट बिरगंजमा ४ जनालाई ड्याम्मै ढालेर गोबिन्दाय-नमो-नम पर्न सक्नु त पक्कै पनि चान-चुने कुरो हैन होला ? हुन त हाम्रो देश नेपालमा धेरै यस्ता खेलहरु भएका छन , जुन खेलका पर्दा झरेपछि हामीले पटक-पटक जिब्रो टोक्न बाध्य भएका छौं चाहे ति खेल मध्यको एउटा खेल मावोवादी को तथा-कथित -जनयुद्धको खेल हो-ओस या अहिले चलिरहेको संबिधान सभा मार्फत संबिधान बनाउने खेल नै किन न-हो-ओस !भोलि ओलीको दह्रो र खरो बोलीको पर्दा पनि अवस्य नै झर्छ होला र फेरो एक-पटक जिब्रो टोक्नु पनि पर्ला तर भोलि जिब्रो टोक्नुपर्ला भन्ने पिरले आजैदेखि जिब्रो सिउनु पनि त हुँदैन होला , कि कसो ??? त्यसैले विवेकहीन वा सुकुल कांग्रेसी भएर बिना-पथ्थामा डिंग हाँकेर हिड्ने अनि ठुला-ठुला कुरा गरेर हिड्ने गगन थापा र ठुला-ठुला बुद्धि -विलासी गरेर हिड्ने प्रदिप गिरीको नाममा ताली दिनु भन्दा त भलै हिजोको नराम्रो कुरोलाई गाली दिइएको हो-ओस , आजको लागि त ओली लाई मेरो तर्फ बाट " हजारौं ताली-नै-ताली " को बर्षा छ ! किनभने म आज मेरो देश नेपालको लागि कांग्रेस भन्दा माथि उठेर भन्न चाहन्छु , केपी ओली तिमीलाई धेरै-धेरै ताली छ , तर मेरो एउटा सर्त छ, तिमि सबै नेपालीको बोलि बोल , नकि अर्काले उचालेको बोलि ओकल ! मात्रै एउटा कुरो चाहिं ख्याल गरेर बोल ," हाम्रो देश नेपाल अहिलेको रुवान्डा नबनोस, बरु पुरानो गोर्खालीहरुको स्वाभिमानी देश बनोस !

पुरुषोत्तम भण्डारी

९८४२०४१७१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्