बिराटनगरको तात्कालीन आवस्था र श्री राधाकृष्ण मन्दिर स्थापना :
श्री राधाकृष्ण मन्दिरको स्थापना वी.स १९८८ सालमा भएको हो | त्यसबेला बिराटनगर आजको जस्तो महानगरी थिएन | लगभग वी.स १९७० साल सम्म मोरंग जिल्लाको सदरमुकाम रंगेली बजारमा थियो | १९७० साल तीर मोरंगको सदरमुकाम रंगेली बजार नाता गोग्राहा बजारमाँ सारियो र वी .सं १९७३ तीर गोग्राह बजारको नाम बिराटनगर हुन गयो | त्येसबेला सम्मा बिराटनगरमाँ वसोवस पतालो थियो | बजार आड्डामाँ बजार भएपनी हाल मन्दिर भएको ठाऊ आर्थात बिराटनगर पोखरियामा घरहरु अत्यन्तै कम थियो |त्येस बेला नेपाल वाट आसाम (भारत) जाने र आसाम वाट नेपाल आउने प्रचलन थियो |श्री राधा कृष्ण मन्दिरको स्थापना पनि नेपाल आउनु भएका एक जना ब्राम्हाण श्री इन्द्रलाल उपाध्याय भट्टले गर्नु भएको थियो | श्री इन्द्रलाल उपाध्याय भट्ट र उहाकी धर्म पत्निले एउटा सानो टिनको टहरो बनाएर राधाकृष्ण मुर्ति स्थापित गर्नु भयो | राधा कृष्ण मुर्तिका साथ वालगोपाल .गणेश भगवान् आदि देव देवताको मूर्ति राखी नित्य पूजा आर्चना प्रारम्भ गर्नु भयो | यसरी विराटनगर पोखरियामा वी.सं १९८८ सालमा श्री राधाकृष्ण मन्दिरको स्थापना भयो ।
मन्दिर स्थापना काल देखीको क्रियाकलापहरु :
मन्दिर को उत्तरी क्षेत्रमा अवस्थित राधाकृष्ण मन्दिरमा स्थापनाकाल देखी चल्दै आएको भजन, कीर्तन,नैमित्य पुजा,झुला महोत्सोव,श्रीकृष्ण जन्माष्टमी,एकदशी सबै ब्रत र उत्सवहरु धुमधामको साथ मनाइदै आएको छ | श्री राधाकृष्ण भगवान् को सानो मन्दिर र सानो मूर्ति हुदा पनि सबै महोत्सव, पुजा, पाठ, अनुस्ठानहरुधुमधामको साथ मनाईन्थ्यो | त्येसबेला मन्दिरको झुला महोत्सव अत्यन्तै चर्चित थियो | भारतका ख्यातिप्राप्त गवैयाहरुको यहाँ उपस्थित रहन्थ्यो | त्येस्तै कृष्णजन्माष्टमी व्रत र त्येसको भोली पल्ट निकलिने खाट यात्राले पनी अत्यन्त प्रसिध्द पाएको थियो |कृष्ण जन्माष्टमीका दिन रति अबेर सम्म ब्रतालू र श्रध्दालूहरुको घुइचो रहन्थ्यो भने भोली पल्ट ख़ट यात्रामा पनी खट बोकेर हिड़ने श्रध्दालूहरुको घुइचो रहन्थ्यो | सानो खट र युगल जोडी भगवान् श्री राधा कृष्णको सानो मूर्ति भएकाले धर्मानुरागीहरु खटलाइ बोकेर नाइ नगर परिक्रमा गर्दथे |
सोभा रथयात्राको प्ररम्भा :
मन्दिरको स्थापनाकाल देखि नै भगवान् राधा कृष्णको युग जोड़ीलाई खटमा राखी खटलाई मानिसले बोकी घर घर पुजा गराउदै नगर परिक्रमा गराउने चलन थियो | उक्त खटयात्रा श्री कृष्ण जन्माष्टमीको भोली पल्ट हुने गर्दथ्यो | पछि २०२५ सालमा वृ.ज. भूपालमान सिंह कार्की र सत्यनारायण धनावतले खट यात्रा को ठाउमाँ एउटा ठुलो रथ बनाई रथ यात्रा गर्ने प्रस्ताब ल्याउनु भयो | वहाहरुकै खर्चाम १८ फिट आग्लो चारपांग्र रथ बनाईयो र भगवान् श्री राधाकृष्णको युगल जोडी त्येस रथमा राखी २०२५ साल देखि शोभा यात्रा प्ररम्भा गरियो |त्येसबेला देखी प्रतेक वर्ष विराटनगरमा श्रदा र भक्तिका साथ श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान् राधा कृष्णको रथ यात्रा हुने गरेको छ | देशमा गरिने विभिन्न रथ यात्रा हेर्ने र युगल जोड़ी भगवान् राधाकृष्णको दर्शन गर्दा ठुलो पुण्य प्राप्त हुन्छ भन्ने मानसिकता साथ भारतबाट लखौ लाख दर्सनार्थीहरु येसमा हुने गरेको छन |
सुरुवातका वर्षहरुमा रथ यात्रा सम्पन्न भएपछि सो भब्य रथलाइ धनावत बिडी फैक्टरिको हाता बितर सुरक्षत राख्ने गरिन्थ्यो | पछि धर्मानुरागी श्री भूपालमन सिंह कार्की ,श्री सत्यनारायण धनावत श्री मदनलाल तोदीको संयुक्त खर्च बाट धर्मशाला परिसरमा श्री राधाकृष्णको रथ थान्काउने ग्यारेज निर्माण गराइ श्री राधा कृष्ण मन्दिरलाई समर्पीत गर्नु भएको छ |
स्राेत: श्री राधाकृष्ण मन्दिरकाे संक्षिप्त इतिहास
तस्विर: भिम प्रसाद घिमिरे