विराटनगरमा १६ राउण्ड हवाइ फायर: फाइरिङ नखाेलेकाे भए ५ प्रहरी जिउँदै जलाउथें

<span class='c1'>विराटनगरमा १६ राउण्ड हवाइ फायर: फाइरिङ</span> <span class='c2'>नखाेलेकाे भए ५ प्रहरी जिउँदै जलाउथें</span>

विराटनगरकाे रानी भन्सार नजिकै प्रहरीले १६ राउण्ड हवाइ फायर गरेकाे छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी प्रमोद खरेलका अनुसार  बिहान पाैने ९ बजे तिर भन्सार नजिकैकाे २ नम्बर ढाटमा रहेकाे प्रहरी बिटलाइ सय डेढ सयकाे संख्यामा रहेका अान्दाेलनकारीले ताेडफाेड गरि ५ प्रहरीहरूलाइ समातेर पेट्राेल छर्की अागाे लगाउन खाेजे पछि हवाइ फायर गर्नु परेकाे हाे । उनले सशस्त्र प्रहरीले एसएलअारबाट १० राउण्ड तथा प्रहरीले सटगनबाट ५ राउण्ड र राइफलबाट १ राउण्ड गरि जम्मा १६ राउण्ड हवाइ फायर गरेकाे बताए ।

खरेलका अनुसार फाइरिङ पछि त्याहाँबाट अान्दाेलनकारीहरू मटेरूवा प्रहरी चाैकी घेर्न पुगेका थिए । त्यहाँ २ इन्सपेक्टरकाे कमाण्डमा २ टाेली पठाए पछि स्थिति सामान्य बनेकाे थियाे । मटेरूवा चाैकी नजिकै अान्दाेलनकारीले मकालु टेलिभिजनका पत्रकार नविन कर्ण चढेकाे काे ८ प २२३९ नम्बरकाे माेटर साइकलमा समेत अागजनी गरेका छन् ।  अान्दाेलनकारीहरू मटेरूवा चाैकीबाट  पनि अहिले बुधनगर चाैकी पुगेकाे उनले बताएका छन् ।

हालसम्म काेहि पनि घाइते भएकाे र पक्राउ परेकाे खबर नअाएकाे खरेलले जानकारी दिए।  'फायर नखाेलेकाे भए ५ प्रहरीलाइ जिउँदै जलाउने थिए ', खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्