यसरि प्रयोग गरौ युवा शक्ती – बिबेक दाहाल 

यसरि प्रयोग गरौ युवा शक्ती – बिबेक दाहाल 

यस बर्षको युवा दिवस २०१५ को नारा "सिभिक युथ ईन्गेजमेन्ट" ले पनि युवाहरूको सहभागीता सामाजिक , राजनीतिक सबै क्षेत्रमा आवश्यक रहेको पुष्टि गर्छ । हाम्रो  वर्तमान परिवेशलाई हेर्दा  युवाहरुको पहुच राजनीतिक रुपमा ज्यादै कमजोर देखिन्छ । राजनीति दलको बन्द , हड्तालमा , शक्ति प्रदर्शनीमा , चन्दा उठाउने काममा ज्यादा प्रयोगमा आएको पाईन्छ । उचित स्थानमा जागरुक युवा राजनितीमा आउने र अवसर पाउने हो भने नया भिजन र सोचका साथ देश बिकासमा ठुलो योगदान दिनसक्ने छन । तर ती युवा नेता अहिलेसम्मको राजनीतिक संस्कारमा हुर्केका हुनु भएन किनभने जुन राजनितिक संस्कार अहिले राजनीतिक दलले दिएका छन त्यसको बाटोमा हिड्ने हो भने देश निर्माणकार्य सम्भव नहुन सक्छ । वाद र तन्त्रको राजनिति हैन अब बिबेकशिल भई "ईस्युको राजनिती" गर्नु जरुरी छ । जस्तो साधरण धारामा पानी आएनभने त्यहि ईस्युमा कसरी जनताको धारामा पानी आउनसक्छ त्यस कुरामा केन्द्रीकृत भएर काम गर्ने । यसरी जनताका सामान्य आधारभुत कुरा पनि पूरा गर्न सफल भईयो भने त्योभन्दा असल राजनिती हुदैन । अब पालो युवाकै हो देश हाक्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्