राजघाट वार्ड नम्बर ९ फाईनलमा प्रवेश

राजघाट वार्ड नम्बर ९ फाईनलमा प्रवेश

तेजन खड्का
उर्लाबारी भदौं ३१ गते ।
मोरङको राजघाटमा सन्चालित अन्तर वार्ड स्तरीय नकाउट फुटवल प्रतियोगिता अन्र्तगत बिहीवार भएको सेमिफाईनल खेलमा वार्ड नम्बर ९ विजयी बन्दै फाइनलमा खेलमा प्रवेश गरेको छ ।
अरनिको उच्च मावि दुर्गापुरीको मैदानमा भएको सेमिफाईनल खेलमा वार्ड नम्बर ८ लाई २—० गोलले पछि पार्दै वडा नम्बर ९ उपाधि नजिक पुगेको हो ।
वडा नम्बर ९ को जितको लागि पहिलो हाफको ११ औं मिनेटमा भरत लिम्बु र दोस्रो हाफको ५५ औं मिनेटमा किरण धिमालले गोल गरे ।

खेलको म्यान अफ द म्याच वडा नम्बर ८ का सलिम लिम्बु घोषित भए ।
शुक्रवारको दोस्रो सेमिफाईनल खेल वडा नम्बर २ र ७ बिच हुने राजघाट भेट्रान फुटवल क्लवका खेल संयोजक मानु थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्