‘संविधान र प्रविधि ‘ -अभिषेक भट्टराई

‘संविधान र प्रविधि ‘ -अभिषेक भट्टराई

आईतवारको त्यो साझ सामाजिक सन्जाल पनि संविधान सभा भवन झै ,अझ भनौ बेहुली झै सिगारिएको थियो । त्यो दिन पोष्ट भएका स्टाटस मात्र पनि बढो शोभनीय देखिन्थिए ।संविधान घोषणा हुनै लाग्दा नेपालमै रहेका युवा हरु हातमा नेपाली झन्डा लिई दिपावलीको तयारीमा थिए भने विदेशमा रहेका हरु साथिभाई र आफन्त बाट पाएका ती तस्विरहरु लाई सामाजिक सन्जालमा पोस्ट गर्दै थिए । संविधान सभा भित्र राष्ट्रपति ले 'नेपालको संविधान २०७२ आज बाट लागू हुनेछ ' भन्ने जानकारी गराईरहदा बाहिर युवा जमात त्यो आतसबाजी को तस्विर कैद गर्ने आफ्नो स्मार्ट फोन संविधान सभा माथीको आकाशमा तन्काईरहेका थिए भने कोहि त्यो आतसबाजी लाई पृष्ठभुमि बनाई सेल्फीमा मस्त थिए । केही जमात भने दिपावली गर्दै गरेको तस्वीर तस्विर खिच्न व्यस्त थिए भने केही लामो सेल्फी स्टिक को सहायताले वेल्फीका लागि विभिन्न पोज । वास्त्वमा संविधान सभाको भवन अगाडि हुने जो कोहि पनि त्यो दिन विहान देखिनै संविधान सभा अगाडी ट्क्क अढिन्थे र संविधान सभा भवनलाई पृष्ठभुमि बनाएर सेल्फी र वेल्फी लिन्थे र आफ्नो गन्तव्य तिर लाग्थे । विज्ञान र प्रविधीको विकासले उग्र रुप लिएको यो युगमा जारी भएको संविधान पनि विज्ञान र प्रविधिका ती सारथिहरु सघ सधै नजिक रहयो । संविधान सभा को चुनाव देखिनै प्रविधी को प्रयोग भव्य रुपमा भएको थियो ,मोबाईलमा SMS गरेर होस या सामजिक संजालमा ग्रुप खडा गरेर भोट माग्ने पुरातन प्रक्रिया भन्दा यहि नयाँ प्रविधिमा व्यस्त देखिन थिए उम्मेदवार ।

अझ भनौ त्यो बेला सामाजिक संजालका लाईक र कमेन्टलाई नै आधार बनाई विजय उम्मेदवारको अडकलबाजी सुरु भएको थियो । चुनावका दौडहा र गतिविधिको जानकारी गराउन धेरै उम्मेदवारले सामजिक संजालको सहारा लिए ,सस्तो शुल्कमा धेरै व्यक्ती सम्म सुचना पुराउन सकिने भएकाले नै त्यस तर्फ उम्मेदवार अलि बढी नै आकर्षित देखिन्थ्य । संविधान सभाको चुनाव पछि भएका प्रक्रिया लाई पनि सामाजिक संजालले निरन्तर निगरानी गरिरह्यो । पटक पटक संविधान निर्माण गर्ने असफल भएका दल र नेताहरुले नि सामाजिक संजाल मार्फत जनताको आक्रोश धेरै झेल्नु परेको थियो । अहिले जारी गरेको संविधानले विषेश रुपमै आधुनिकता लाई अंगालेको भने पक्कै छ । संविधान सभा बाट संविधानको प्रारम्भिक मस्यौदा आउना साथ देश विदेशका नागरिकका स्मार्ट फोनमा पुगिसकेको थियो ,मस्यौदा निक्ल्ने बितिकै pdf फाइलमा राखेर अन्लाईन गरिएकाले आफुहरु लाई सहज भएको प्रतिक्रिया पनि उनिहरुले दिए । मस्यौदा मात्र अनलाइन गरिएन ,मस्यौदा माथिको सुझाव हरु व्यक्त गर्ने अन्लाईन प्रविधी पनि जनतालाई खुल्ला गरिएको थियो । सामजिक सन्जाल लाई निरन्तर अपडेट गरिरह्ने पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई को सरकार ले ल्याएको हेल्लो सरकार कार्यक्रम अहिले जनता को गुनासो सुन्न एक प्रभावकारी माध्यम भएको कुरा सावित भइसकेको छ। पहिले ससदमा भएको बैठकको जानकारी पाउन जनताले रेडियो र टेलिभिजन को समाचार पर्खिनु पर्थ्यो अहिले भने बैठकमा भएका खवर पल-पलमा पाउने गरेका छन । संविधान सभा बाट संविधान पारित भएपछि संविधान सभाका खुशी को त्यो क्षणमा सेल्फी र ग्रुपी फोटो खिन्चन व्यस्त देखिन्थे ,ती तस्विरहरु टेलिभिजनका पर्दामा आउनुअघी सामाजिक संजालमा आईसक्थे। आज भोलि विरोधका आवाज सम्बन्धित निकाय सम्म पुर्याउनका लागि एउटा प्रभावकारी माध्यम बनेको छ ,सामाजिक संजाल । चाहे त्यो डा.गोविन्द केसि अनसनमा समर्थन को आवज होस या भारत को हेप्पा नीति विरोध होस सामाजिक संजालले ती आवाजलाई सम्बन्धित निकाय सम्म पुर्याउने प्रभावकारी थलो बनेको छ सामाजिक संजाल । अब यो आधुनिक जनताको सोचलाई ध्यानमा राखेर सरकारले आफ्ना हरेक कार्यलयमा अन्लाईन कार्य सम्पादनका लागि अध्यन सुरु ,गरि त्यसका लागि ठोस कदम चाल्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्