भारतलाई पत्र !! – पुरुशोतम भण्डारी

भारतलाई पत्र !! – पुरुशोतम भण्डारी

प्रिय मित्र-देश भारत , मलाई तिमि र तिम्रा देशवासी प्रति कुनै गुनासो छैन , न त तिम्रो भाषा, संस्कृति र भेष-भुषा प्रति नै आपत्ति छ, छ त केवल त्यस्ता नेता र ब्युरोक्रेसी प्रति गुनासो छ, जसले आफ्ना छिमेकी मित्र देश प्रति कुनै किसिमको राम्रो सद्भाव देखाउंदैनन ! न त तिनीहरुले छिमेकी मित्र देश प्रति आदर /सम्मान देखाउछ्न, न त मर्यादित ब्यबहार नै गर्छन , बरु सानो र ठुलो बीच, भेद-भाव गर्छन र नग्नताको पराकाष्ट नाघेर दुनियाँ-विश्व लाई हसाउछ्न ! त्यसैले , मेरा देशका केहि अतिवादीहरुले तिम्रा देशको संस्कृति , भाषा र भेष-भुषा देखाउने टिभी च्यानलहरु बन्द गरेर तिम्रै देशका अतिवादीहरुले जस्तै नग्नता पो देखाएछ्न र आज बिहान दश बजे देखि सबै खाले हिन्दि च्यानलहरु बन्द गरेछन !

पक्कै पनि मेरो देशका ति अतिवादीहरु तिम्रै देशका अतिवादीहरु बाट, उनीहरुको रहन-सहन र बानि-व्यहोरा बाट प्रशिक्षित हुनुपर्छ र तिनीहरुले पनि त्यस्तै नग्नता मेरो देशमा पनि प्रस्तुत गरेका होलान ! नत्रभने , तिनीहरुले हिन्दि सिनेमाका कलाकार अनुपम-खेरले जस्तै अरु कैयौं भारतिहरुले नेपालको पक्षमा twit गरेको कुरो , भारतीय अन्य नेताहरुले संचारका माध्यम बाट नेपाल प्रति सद्भाव राखेर बोलेको कुरो पनि सुन्थे र बुझ्थे होलान नि , तर बुझेनन् किनभने ति हाम्रा वास्तविक नेपालि हैनन्, जो अर्काको भाषा, संस्कृति र भेष-भुषाको बिरोध गर्छन ! ति तिम्रै देशका अतिवादिहरुकै चेला-चपेटा हुनुपर्छ, कि कसो ? यदि सांच्चिक्कै बिरोध नै गर्ने हो भने त तिम्रो देश चलाउने सासक-वर्ग र ब्युरोक्रेसीको बिरोध गरेर , हामि र तिमि बिचको बढिरहेको असमझदारी र शत्रुता पो हटाउने कोशिश गर्दथे, नकि तिम्रो देशका हिन्दि भाषी टिभी च्यानल हटाएर, गाडी चल्न नदिएर , झन् झन् दुश्मनी बढाउने कार्य गर्दथे !हो कि हैन ,भन त ? हो बेला-बेलामा केहि सनक चढेका राजनेताहरु तिम्रो देशमा सासन गर्ने ठाऊँमा आएका बेला हामि छिमेकी देश हरु लाई दुख दिएर के के न गरेको ठान्छन, तर त्यस्तो कार्यले उनीहरुकै धोति फुस्किएको चाल पाउदैनन ! र त्यस्तो बेलामा तिम्रो देशका र हाम्रो देशका अतिवादीहरुले उपद्रो गर्ने मौका पऊँछन र एक-अर्कालाई दुख दिन्छन , र आफ्नो दुनो सोझ्याउछ्न !

हो, मैले पनि शुरु देखिनै तिम्रो देशको नीति प्रति बिरोध जनाउदै आएको छु, तर म तिम्रो भन्दा बढी आफ्नै देशका बिभिषणहरुको बिरोध गर्दैछु , किनकि तिनीहरुले नै तिमीलाई घरि काखमा सुतेर , घरि पिठ्यूँ चढेर ठुल्दाईको जस्तो ब्यबहार गर्न हौस्याएर , कहिले बिष्टा छरेका छन त कहिले रगतको खोलो बगाएका छन ! तिमि पनि हौसिएर दुनियाँले के भन्छ भन्ने कुरो सोच्दै नसोची , जे जे मनलाग्यो त्यहि-त्यहि गर्दछौ , अनि आफ्नै धोति खुस्किएको देख्दैनौ ! अहिले हेर त , दुनियाँमा तिम्रो बेइज्जत ! हिजो सम्म त पाकिस्तान , श्रीलंका , बंगलादेश र भुटान मात्रै तिम्रो देशको नीति बाट प्रताडित भएर तिमीलाई इज्जत गर्दैनथे , अहिले त मेरो देश नेपाल पनि तिम्रो देशको नीति देखेर क्षुब्ध भएको छ ! परिणामस्वरुप , आज तिम्रा देशका सबै हिन्दि च्यानलहरु बहिष्कार भएका छन !गाडी कुद्न नदिने भएका छन ! तिमि पनि त उस्तै नि, अहिले हाम्रो खुशियालीमा बिनाप्त्थामा किन घोइरो मुख लाएका , भन त ! तिमीलाई अर्काको खुशी चाहिं देख्ने नहुने , कस्तो इर्ष्यालु ! ति तिम्रा बानर सेना उफारेर के गर्न खोज्या भन त ! के मेरो देशमा चाहिं राष्ट्रवादी छैनन् होला त ??? ति बानर सेना उफारेकै भरमा मेरो देशले आत्मा-समर्पण गर्ला त , अलिकत्ति कस्तो बिचार पुर्याएर नसोचेको , भन त ! भोलि देखि मेरो देशका खोला-नाला बाट ढुंगा-गिट्टी र बालुवा पनि तिम्रो देश लैजान प्रतिबन्धित हुनेछन , अनि केले बनाउछौ ठुला-ठुला बाँध , जसले मेरो देशका गाऊँ-का-गाऊँ नै डुबानमा पार्न सकौला , भन त ! हुन त मेरै देशका तिम्रा हनुमानहरुले राता-रात चोरी निकासी गरेर तिम्रो देशमा पुर्याईहाल्छन , दिउसोको उज्यालोमा पो सफेद-पोश बन्छन नि, राति-राति त सबैले तिम्रै पाऊ मोल्छ्न नि हैन र ? तिम्रा देशका हिन्दि च्यानल बहिष्कार गर्दा , दुइ-चार ओटा फाईदा चाहिं हुनेरहेछन है ! महिला र बाल-बालिकाहरुले नचाहिदा गन्थने सिरियल बाट मुक्ति पाउनेरहेछ्न , हिन्दि-मद्रशी-हिंश्रक सिनेमाबाट मुक्ति पाउने रहेछन, नेपालि च्यानले राम्रा कार्यक्रम बनाउनुपर्ने बाध्यता महशुश गर्ने रहेछन र नेपालि भाषा,भेष-भुषा र संस्कृतिको विकास हुनेरहेछ है ! तर के यो कार्य राम्रो हो त ? हैन नि तर के गर्नु , भन त ! त्यसैले ति रिषिमान हुन् कि कुन मन हुन् , अम्रिका बाट आएपछि , तिनका कान समातेर उठ-बस गराएर , भन है , जोरी नखोजी सासन गर्नु , नत्र गोर्खेलिको रिस त मापाको हुन्छ नि , आज त हिन्दि च्यानल मात्रै बहिष्कार गरेछन, भोलि अरु के के बन्द गर्ने हुन् ?? कि बगिरहेका खोला-नाला सबै बन्द गर्ने हुन् , बुझ्यौ के ? तिम्रा नाकाँ बन्दि राखेको भनेर यतातिर अल्लेली हैन ठिटाहरु उफ्रिरहेका छन , त्यो नाकांको बन्दि हो कि फुली फ्यालेर सासन गर भन्नु है त्यो रिशिमनेलाई , बुझ्यौ ? तिमीलाई मेरो बानि थाहै छ, आफु त खुलस्त बोल्ने मान्छे ! कुरो बुझ्यौ नि ? आज लाई यत्ति , अरु फेरि भेटमा ! उही तिम्रो मित्र , नेपालि/नेपाले ! पुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्