उर्लाबारीले जित्यो फुटबलको उपाधि

उर्लाबारीले जित्यो फुटबलको उपाधि

 

मोरङ, १२ असोज । मोरङको मधुमल्लामा सञ्चालित खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि उर्लाबारी फुटबल क्लबले जितेको छ ।

फाईनल खेलमा मधुमल्ला युवा क्लबलाई १–० गोलले पराजित गर्दै उर्लाबारी फुटबल क्लबले उपाधि जितेको हो । उर्लाबारीको जितमा पारश लिम्बुले खेलको दोस्रो हाफमा गरेको एक गोल नै निर्णायक गोल बन्न पुगेको थियो । उपाधिसँगै उर्लाबारीले नगद २० हजार जितेको छ भने उपविजेता बनेको मधुमल्लाले १० रुपैयाँमै चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्