हिटलरी प्रेम ! – पुरुसोतम भण्डारी

हिटलरी प्रेम ! – पुरुसोतम भण्डारी

एकातिर संसार एउटा सत्य हो ! हामि अहिलेको जमानामा संन्सारको जुनसुकै स्थानमा गएर काम गरेर खान र बाँच्न स्वतन्त्र छौं ! त्यसैले ,आजको आधुनिक मानिस स्वतन्त्र भएर चरी झैं उडेर आफुखुशी बाँच्न चाहनु भनेको सभ्यताको सहि विकास भएको मान्नु पर्छ ! किनभने आज भन्दा करीब सय बर्ष अघि त भारतीय -कवि- रविन्द्रनाथ टेगोरले संसार /पृथ्बी एउटा ठुलो घर भनेका थिए भने , झन् अहिलेको ग्लोबलाइजेसन को जमानामा मानिसले संसारलाई एउटा ठुलो घर र हरेक देशलाई भिन्न-भिन्न कोठाजस्ता हुन् भन्नु कुन ठुलो गल्ति होला र ? अर्कोतिर , देश-भक्ति पनि उत्तिक्कै सत्य कुरो हो !आफ्नो देशको लागि प्राणको बाजी लगाएर देशको रक्षा गर्नु झन् ठुलो सत्य हो, धर्म हो ! प्रख्यात कवि सर वाल्टर स्कट भन्छन कि देश प्रेम नभएको मानिस दुई पटक मर्छ, एक पटक जिउंदैमा र अर्को पटक मृत्युमा ! हिटलरले पनि देश प्रेम गर्थ्यो तर अत्यधिक , अरु सामान्य मानिस भन्दा बढी ! उसले शत्रु लाई पनि अत्यधिक घृणा गर्थ्यो ! इभा, उसकी प्रेमिका, जसलाई आफुले आत्मा-हत्या गर्नुभन्दा अघिल्लो साँझ उनको इच्छा सोधेर उनीसंग बिबाह गर्यो, जिन्दगि भर अबिबाहित नै प्रेम गरिरह्यो , आफुले पनि बिबाह गरेन , अन्त्यमा बंकर भित्रको सुविधाजनक बसाइमा ,इभा लाई चाहिं पोटासियम सईनाइड, गोलि दियो र उनलॆ प्राण त्यागिन ,तर आफु चाहिं पिस्तोलले कन्चटमा हानेर मर्यो, शायद उ आफुलाई अझै बहादुर ठान्दै थियो होला !

नभए त उ आफु पनि त इजी डेथ लिन सक्थ्यो नि ! हिटलरको "देश-प्रेम" लाई के भन्ने ? उसकै कारणले जर्मन पूर्ण रुपले ध्वस्त भयो !हिटलर लाई यो कुरो थाहा थियो ! त्यहि पनि उसले हठ गरिनैरह्यो ! हामि जसलाई त्यत्रो बिधि प्रेम गर्छौं , हामि विनास चाहन्छौं कि संरक्षण ??? हिटलरी प्रेम त विनासक पो हुँदो रहेछ ! त्यसैले प्रेम होस् या घृणा "अत्ति " गरेको राम्रो हैन रहेछ ! अहिलले हाम्रो देशमा त्यस्तै खाले "अत्ति" को बालि खुबै मौलाउदै गैरहेको छ ! आफुलाई दिने मसिहा ठान्नेहरुले पनि देश-प्रेम"अत्ति" नै भएको भ्रम फैल्याएर लाटा-सोझा जनता लाई झुक्याइरहेका देखिन्छन ! अर्कोतिर , आफुले पाउनु पर्छ भन्ने हरुले पनि "अत्ति" को लालच देखाएर चारैतिर भ्रम फैल्याईरहेका देखिन्छन ! यस्ता दुई थरिका "अत्ति-वादी"रुले अहिले हाम्रो देशलाई भिर बाट धकेलेर खसाल्न आँटेका देखिन्छन ! रिस र आवेग त जसलाई पनि आइहाल्छ नि ! रिस आएको बेला थाम्न नसके पनि रिस सेलाएको बेला त विवेकशील हुन सकिहालिन्छ नि ! नाथे दुई ओटा छिमेकी देश संग मिल्न नसक्ने देश पनि विवेकशील हुन्छ र ? देशको नेतृत्व गर्नेहरु जस्ता हुन्छन, देशको छवि पनि त्यस्तै हुँदोरहेछ ! अहिलेको देशको नेतृत्व गर्ने एकथरी घोसे न घोसे छन , कोढी मोरा बोल्दै-बोल्दैनन , केवल घुसु-घुसु गर्छन ! अर्कोथरी साखुल्ले हुन खोज्छन ,तर छता-छुल्ल पारेर आन्द्रा-भुँडी सबै छरपष्ट पार्छन ! एकथरी ठुस-ठुसी गन्हाउने छन, अर्कोथरी लाजै नमानी पाध्ने छन ! कहिले-काहीं त ठाक-ठाक-ठुक-ठुक परिहाल्छ नि , आज अर्को छिमेकी तिर जाऊँ न त भन्ने "हुति" नभएका पनि नेतृत्व गरेर बसेका देखिन्छन भने यस बाट के प्रष्ट हुन्छ त ? सबै दास मानसिकता पालेर बसेका छन ! किनभने तिनीहरु सानै देखि त्यसरी नै हुर्किएका छन ! हिजो हामि सबै काहाँ थियौं ? भोलि फेरि काहाँ पुगौंला ? आज सबै एकै ठाऊँमा भएको बेला मिलेर बस्न छोडेर , किन "अत्ति" को पछि लागेर "खति" खोज्या होला ? किन यो "हिटलरी " आवेश आएको होला ? किन यस्तो दास मानसिकता ब्भेको होला ?किन यस्तरी उग्र-ब्यग्र भएका हौंला ?? कस्तो कोहि पनि संवेदनशील हुन नसकेका हौंला ??? पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्