मंसिरमा प्रथम धनकुटा गोल्डकप

मंसिरमा प्रथम धनकुटा गोल्डकप

धनकुटा १७ असोज । पारुहाङ सुम्निमा क्लव दाङसिङ धनकुटाले आगामी मंसिरमा प्रथम धनकुटा गोल्डकप आयोजना गर्ने भएको छ । क्लवका अध्यक्ष अजय सन्तोषी राईले प्रतियोगिताका लागि तयारी पनि थालिएको जानकारी दिए । अध्यक्ष राईका अनुसार प्रथम धनकुटा गोल्ड कपमा विभिन्न जिल्लाका १४ टिमको सहभागीता रहने छ ।

सो प्रतियोगिताको विजेता टिमले ५० हजार नगद पुरस्कार, कप, मेडल तथा प्रमाण पत्र र उप–विजेता टिमले २५ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाउँने आयोजक पारुहाङ सुम्निमा क्लवले जनाएको छ । साथै आयोजक टिमका लागि कात्तिक १५ गतेदेखि २० गतेसम्ममा खेलाडी छनौट गरिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्