आज देखी विराटनगर भेट्रान फुटबल प्रतियोगीता हुदै

आज देखी विराटनगर भेट्रान फुटबल प्रतियोगीता हुदै

प्रेम देवान
विराटनगर २१ असोज ।
विराटनगरमा तेस्रो गंगाविसन राठी स्मृती पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगीता आजबाट सुरु हुने भएको छ । विराटनगर पोखरीया स्थित परोपकार घाटको खेल मैदानमा प्रतियोगीको तेस्रो संस्करण प्रतियोगिता सुरु हुने भएको हो । उद्योग व्यावसायी तथा समाजसेवी राठीको स्मृतिमा पोखरीयाको युनाइटेड स्पोटिङ क्लबले हरेक वर्ष फुटबल प्रतियोगीता आयोजना गर्दै आएको छ । यस प्रतियागितामा पूर्वका १४ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता तथा उपविजेताले नगद ५० हजार र ३० हजारका साथ ट्रफि जित्ने छन् । प्रतियोगिता अन्तर्गत आजको उद्घाटन खेल एलेभेन एरोज क्लब र पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रका बीच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्