लोभ र नाङ्गोपन ! खै ! – पुरुसोतम भण्डारी

लोभ र नाङ्गोपन ! खै ! – पुरुसोतम भण्डारी

चिन्न पनि गाह्रो भयो ,हाम्रा हुन् कि भारतीय मधेसी नेताहरु लाई "चिची"को पनि लोभ, "पापा"को पनि लोभ लाग्ने केटा-केटि बानि पो लागेको रैछ ! त्यसैले होला केटा-केटीले मिठाइ /खेलौना पाऊदा नाङ्गै कुदेजस्तै उनीहरु पनि पधान-मन्त्रि चुनावको दिन आफुले भोट हालेका व्यक्ति प्रधान-मन्त्रि भएपछी मन्त्रि हुन पाइन्छ भनेर होला नाङ्गै भएर कुदे !

मधेसी जनताले देख्लान भनेर टिभीमा अनुहार पनि देखाएनन तर अचेलका मधेसी-युवाका हात-हातमा स्मार्ट फोन छन र उनीहरु "स्मार्ट" भैसकेका छन भन्ने कुरो नेताहरु लाई हेक्का नै भएनछ ! परिणामस्वरुप कुनै नेताका पुत्ला जलाइए त कुनै नाङ्गै भागे ! अब फेरि निर्लज्ज भएर , आन्दोलन गर्ने रे ! फेरि-फेरि आन्दोलन गर्ने भए, उनीहरुलाई नै मन नपरेको संबिधान जलाई सकेपछि , फेरि त्यहि संबिधानलाई पालना गरेर किन भोट हाल्न गएका ??? राजिनामा दीइसक्यौ भन्थे त , फेरि कसरि राजिनामा ब्युँतियो ??? मैले चिनेका र जानेका रिक्शा-चालक , ठेला-वाला , पशल गर्नेहरु, रंग लगाउनेहरु , स्कुल-कलेज जाने युवाहरु देखि लिएर अन्य रोजी-रोटि गर्ने सबै खाले मधेसी -जनताका कुरा सुन्ने हो भने उनीहरु नेताका चरित्र देखेर दिक्क भएका छन ! मधेसी-जनताका घर-घरमा उर्दी जारि गरेर, आफ्नै मधेसी सांसदका घर जलाएको देखेर सामान्य काम गरिखाने मधेसी जनता डरले केहि बोल्न सकिरहेका छैनन् !

कतिपयले त ऋण खोजेर गुजारा चलाईरहेका छन भने बिचरा कतिपयले त ऋण समेत पाएका छैनन् ! आज विजय गच्छादार मन्त्रि हुने बित्तिक्कै कुन मधेसी जनताको घरमा चामल-पिठो , तेल- मट्टीतेल र दाउरा पुग्यो ?? भोलि राजेन्द्र महतो , उपेन्द्र यादव वा महन्थ ठाकुर पुग्ने बित्तिकै फेरि कुन मधेसी जनताको घरमा चुल्हो बल्छ होला र ??? किन यसरि गरीब जनतालाई सास्ती दिएका ?? किन यसरि चिचिको पनि लोभ र पापाको पनि लोभ गरेर गरीब जनताको पेटमा लात हानेका ??? कुन चाहिं बढी अधिकार एउटा बाहुनले वा क्षेत्रीले पाएको छ, जुन अधिकार मधेसीले पाएको छैन ??? बरु मधेसी कोटामा भनेर भिन्नै ब्यबस्था गरिएको छ, तर बाहुन कोटा वा क्षेत्री कोटा भनेको त मैले सुनेको पनि छैन ! चाड-बाड्को बेला छ , हुनेहरु त घरमा भएको निकालेर खान्छन होला तर नहुनेहरुले के खान्छन होला ? खै ! यत्रो मधेस आन्दोलन भैरहेको भन्छन ! यदि साँच्चिकै "आन्दोलन" भएको हो भने त सारा काम ठप्प हुनुपर्ने हो नि , खै त्यस्तो त लाग्दैन ! घर निर्माण गर्नेहरु गरिनै रहेका छन , रंग लाउनेले लाइनै रहेका छन , बारी जोत्ने -खन्नेले खन-जोत गरिनै रहेका छन , तरकारी -फल-फूल उब्जाउनेले उब्जाएर बेचिनै रहेका छन , रिक्शा वाल -ठेला-वाल सडकमा ग्राहक पर्खिएर बसिनै रहेका छन र सामान ओसार-पसार गरिनै रहेका छन !

बन्द छन त केवल सवारी-साधन र कल-कारखाना ! किन थाहा छ ? किनभने कल-कारखानामा राति आएर आगो लाइदेलान वा बम पद्काइदेलान भन्ने डरले बन्द छन भने सवारी -साधन त दिन-दहाडै ढुंगाले हानेर फुटाइदिन्छन , जलाई दिन्छन भन्ने डरले ! आतंक फैल्याउनु , आगजनी गर्नु , बम पड्काउनु पनि आन्दोलन हो र ? यो त आतंक हैन र ? अनि यस्तो बेलामा पार्टी र सरकार चाहिं के टुलु-टुलु हेरिरहेका नि ? आफ्ना जनताको घर-दैलोमा गएर उनीहरुलाई सम्झाउनु , बुझाउनु र आतंक बाट मुक्ति दिलाउनु उनीहरुको कर्तब्य हैन ??? अहिलेका सबै भन्दा नाङ्गा चाहिं दलका कार्य-कर्ता र नेता ! किन उनीहरु मधेस नगएका /न-आएका ?? हामि मधेसमा बस्ने चाहिं मधेसी हैनौं ??? कालो अनुहार भएका मात्रै तराइ-मधेसका जनता ??? हामि कस्तो आतंकमा बाँचीरहेका छौं , किन हामि हाम्रा गाडी चलाएर कमाएर खान पाइरहेका छैनौं , हाम्रा कला-कारखाना खोलेर उत्पादन गर्न सकिरहेका छैनौं , किन आखिर किन ???

दलका नेता र कार्य-कर्ताले अघि सर्नु पर्दैन ?? त्यहि काठमाण्डुमा झरेको फल टिपेर खान मात्रै यिनीहरु नेता भएका ??? पुरानो सरकार त दासहरुको झुण्ड थियो , त्यसले केहि गर्न सकेन अरे , अबको नयाँ सरकारले चाहिं हाम्रो शुरक्षाको लागि के गर्दै छ ??? एउटा नाथे सानो झुण्डले गाडीको सिसा फुटाइ दिन्छ , प्रहरी तमासे भैरहने कि त्यस्तो झुण्ड लाई कारवाही गर्ने ??? गाडी जलाउने , अर्क्काको सम्पत्ति नष्ट गर्ने लाई पनि कारवाही नगर्ने ?? किन ?? आखिर किन ?? खै ! के को लोभले हो , खै किन हो किन , म त सबैतिर नाङ्गो पो देख्छु ! पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्