सुरुङ्गा गोल्ड कपः रमपम झापा–११ फाइनलमा

सुरुङ्गा गोल्ड कपः रमपम झापा–११ फाइनलमा

 

कात्तिक–१७, सुरुङ्गा  । झापामा जारी सुरुङ्गा गोल्ड कपको फाइनलमा रमपम झापा–११ प्रवेश गरेको छ ।

मंगलबार सुरुङ्गास्थित कनकाई उच्च माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रमपम झापा–११ ले सरस्वती फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै फाइलमा प्रवेश गरेको हो ।

खेलमा रमपम झापा–११ का लागि बुद्ध चेम्जोङ्गले दुई गोल गरे भने सरस्वतीका लागि दिपेश श्रेष्ठले एक गोल गरेका थिए ।

प्रतियोगिताको पहिलो हाफको २८ औं मिनेटमा सरस्वतीका तर्फबाट जर्सी नम्बर ८ का खेलाडी श्रेष्ठले आफ्नो टीमलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता दोस्रो हाफमा टिक्न सकेन ।

निक्कै प्रतिष्पर्धात्मक बनेको खेलको दोस्रो हाफको २१ औं मिनेटमा जर्सी नम्बर १८ खेलाडी चेम्जोङ्गले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यस लगत्तै, २४ औं मिनेटमा पुनः उनैले गोल गर्दै झापालाई अग्रता दिलाए ।

प्रतियोगिताको पहिलो हाफमा झापाले गोल गर्ने थुप्रै उत्कृष्ट अवसर पाए पनि सरस्वतीका गोल रक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए ।

खेल अवधि भर सरस्वती फुटबल क्लबका ४ र रमपम झापा–११ का १ खेलाडीलाई फिफा रेफ्री लव खत्रीले पहेँलो कार्ड देखाएका थिए ।

सरस्वतीबाट जर्सी नं. ७ का कुशल श्रेष्ठ, जर्सी नं. १४ का रमेश उराउ, जर्सी नं. १८ का विदेशी खेलाडी दर्जिब्रिल ट्यारोरा र जर्सी नं. १० का इल्भिस पियर्सले पहेँलो कार्ड पाएका हुन् ।

त्यस्तै, रमपम झापा–११ बाट जर्सी नम्बर २१ का खेलाडी खमिर गिल्सन कन्दङ्वाले पहेँलो कार्ड पाएका थिए ।

प्रतियोगितामा रमपम झापा–११ का तर्फबाट दुई गोल गर्ने खेलाडी बुद्ध चेम्जोङ्ग म्यान अफ द म्याच घोषित भए ।

मंगलबार कनकाई खेलकुद प्रतिष्ठान, झापा र चर्च बोइज युनाइटेड, काठमाण्डौं बीच प्रतिष्पर्धा हुँदैछ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २० गते, शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्