विराटनगरकाे अत्याधुनिक फुटसल मैदानमा गाेल गर्ने हैन ?

विराटनगरकाे अत्याधुनिक फुटसल मैदानमा गाेल गर्ने हैन ?

तपाइले फुटबल भन्ने खेल सुन्नु भएको छ होला हैन ? अनि फुटसल नि ? दुबै उस्तै सुनिन्छ र बल, मैदान र पोस्टको प्रयोग गरि खेलिने दुबै खेलको प्रकृति पनि उस्तै नै हुन्छ । फरक, फुटसलमा फुटबलको अनुपात केहि कम खेलाडि हुन्छन् र मैदान पनि सानो हुने गर्दछ । फुटसलको लागि विशेष प्रकारले आन्तरिक मैदान नै तयार पारिने गर्दछ ।

[caption id="attachment_16282" align="aligncenter" width="620"]hit and hangout footsal 2 ८५ गुणा ४५ साइजको अत्याधुनिक फुटसल मैदान[/caption]

काठमाडौंमा कयौं फुटसल मैदानहरु निक्कै अघिबाट संचालनमा आएको भए पनि पुर्वाञ्चलमा लामो समय देखि सुविधासम्पन्न फुटसल मैदानको आवश्यक्ता खड्कीरहेको थियो । यहि बिच विराटनगर वडा नम्बर ७ मा कृषि भवनबाट सय मिटर जति पश्चिममा हिट एण्ड ह्याङ आउट फुटसल नाम गरि अत्याधुनिक फुटसल मैदानको सुरुवात भएको छ । ८५ गुणा ४५ फिटको फुटसल मैदान, ब्याडमिन्टन र केहि अन्य आन्तरिक खेलका साथै खानपिनको व्यवस्था समेत भएको हिट एण्ड ह्याङ आउटले विराटनगरका साथै पुर्वाञ्चलवासीलाइ नौलो स्वाद दिने भएको छ । बिनोद अग्रवाल र आशिष अग्रवाल मिलेर संचालन गरेको यस मैदानका निर्माणका लागि आवश्यक सामाग्री अन्तराष्ट्रिय बजारबाट खरिद गरि ल्याइएको आशिषले जानकारी दिए ।

[caption id="attachment_16285" align="aligncenter" width="620"] मैदान क्षेत्रमै खानपिनको लागि क्यान्टिनको समेत व्यवस्था गरिएको छ । मैदान क्षेत्रमै व्याडमिन्टन र टेनिस काेर्टकाे समेत व्यवस्था छ । [/caption]

“हरेक बिहान २ देखि ३ खेल र शनिवार दिनभरि नै पुरै समय प्याक हुने गरेको छ ।” उद्घाटन भएको छोटो समयमै निक्कै राम्रो प्रतिक्रिया आउन थाले पछि उत्साहित दुइ मध्येको एक संचालक आशिष अग्रवालले भन्छन् , “खेलाडीहरुको उत्साहलाइ ध्यानमा राखेर टुर्नामेन्ट नै गराउने योजना बनाउदै छौं” ।
यस मैदानमा फुटसल खेल्न बिहान र दिउँसो प्रति घण्टा १५ सय र रातको समयमा २ हजारको दरले शुल्क बुझाउनु पर्ने हुन्छ । तर यो शुल्कमा दिपावलीको अवसरमा १० प्रतिशतको छुट दिएको आशिष सुनाउछन् । केहि समय पश्चात खेलकुदका सामाग्रीहरु समेत बिक्रिमा राखिने उनी बताउछन् । यसैको चाँजो मिलाउन अर्का संचालक बिनोद अग्रवाल हाल चिनको भ्रमणमा रहेका छन् ।
विराटनगरमा साथीभाइसँग रमाइलो गर्दै समय कटाउने स्थानको खोजीमा हुनु हुन्छ भने हट एण्ड ह्याङ आउट तपाइको एउटा विकल्प हुन सक्छ । निक्कै नै राम्रो विकल्प ।

[caption id="attachment_16284" align="aligncenter" width="620"]फुटसल संचालक मध्येका एक आशिष अग्रवाल । फुटसल संचालक मध्येका एक आशिष अग्रवाल ।[/caption]

[caption id="attachment_16283" align="aligncenter" width="620"]अन्य खेल स्थल समेत बनाइएको छ । अन्य खेल स्थल समेत बनाइएको छ ।[/caption]

[caption id="attachment_16286" align="aligncenter" width="620"] अन्य खेल स्थल समेत बनाइएको छ । क्यान्टिन र रेस्टुराँकाे व्यवस्था[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्