झापा, कात्तिक २०
झापाको सुरूंगामा भएको सुरूंगा गोल्डकपको उपाधि काठमाडौंको चर्च व्वाइजले जितेको छ। कन्काइ उच्च माविको खेल मैदानमा भएको फाइनलमा घरेलु टोली झापा ११ लाई १-० गोलले हराउँदै उपाधिमाथि काठमाडौंले कब्जा जमाएको हो।काठमाडौंको जितमा सुमन लामाले ६७औं मिनेटमा अरूण श्रेष्ठको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
अत्यान्तै रोमाञ्चक खेलमा दुबै तर्फबाट पाएका केही अवसरहरू गुमेका थिए। उपाधि विजेता चर्चले उपाधिसहित २ लाख ५१ हजार नगद पुरस्कार पाएको छ भने उपविजेतामा चित्त बुझाएको झापा ११ ले १ लाख ५१ हजार १११ रूपैया पाएको छ।