नेपाल आत्मनिर्भर बन्न के गर्नुपर्छ – आयुष खनाल

नेपाल आत्मनिर्भर बन्न के गर्नुपर्छ – आयुष खनाल

भारत र चिनको बीचमा रहेको देश हो, नेपाल | १,४७,१८१ बर्ग किलोमिटर क्षेत्रफल भएको हाम्रो देशको इतिहास निकै पुरानो छ | तत्कालिन राजा पृथ्वी नारायण शहाले एकीकरणको इतिहास हामीसंग छ | १०४ बर्षे नेपालको कठोर राणा इतिहास पनि हामि संग छ, नेपाल क्षेत्रफलमा सानो भएता पनि नेपाल भित्रको प्राकृतिक तथा सांस्कृतिक सम्पदाले नेपाललाइ  उचाईमा पुराउन मद्दत गरेको छ | नेपालमा संबिधान जारि भैसकेको छ, नेपाल गौरबमय इतिहासमा छ, तर केहि पार्टीले भने संबिधानको धेरै बिरोध गरेको कारण  अहिले १०० दिन देखि जलिरहेको छ नेपालको तराइ , नेपाललाइ भारतले पनि नाकाबन्दि लगाएको छ | के हामि पनि आत्मनिर्भर भए भारतको नाकाबन्दीको असर पर्थियो, पक्कै पर्दैन थियो | मेरो व्यक्तिगत विचारमा आत्मनिर्भर बन्न के गर्नुपर्छ, मैले आज ५ बुदा लेखेको छु, पढिदिनु होला |

१) नेपालमा धेरै ग्यास खानिहरु छ, पेट्रोल खानि छ, ठुलो पोस्टमा बसेको मानिसलाइ नेपाली भन्ने भावना हुनुपर्छ, र कुनै भ्रस्टाचार बिना खानि हरुको उपयोग हुनुपर्छ, यसो हुदा हामी इन्धन लगायत प्रज्वान्शील पदार्थमा भारतको  भरपर्नु पर्दैन |

२) नेपालमा भएका बाझा खेतहरुमा अन्न सहज रुपमा उत्पादन हुनुपर्छ, अन्न उम्रिने बस्तिमा घरबस्ति बसाल्न भएन, यसरि अन्न उत्पादन भयो भने नेपाल भारत माथि निर्भर हुनुपर्दैन, कुन खेतमा कस्तो माटो छ, कति अन्न फल्छ, यी यथावत कुरामा भने किसान सचेत हुनुपर्नेछ |

३) नागरिकले इमान्दारी पुर्वक कर तिर्ने हो  भने नेपालको आर्थिक अवस्थामा सुधार आएर, खेतीपाती, फ्याक्ट्रीहरु लाई आवस्यक पर्ने मेसिनहरु भित्राउन सकिन्छ |

४) नेपालमा रहेको अलैची उत्पादन गरेर पनि आत्मनिर्भर हुन सकिन्छ, हिमालको काखमा अलैची उत्पादन गरेर भारत अथवा तेस्रो मुलुकलाइ बेचेर पनि आर्थिक अवस्था सुधार्न सकिन्छ |

५) “ राष्ट्रियता सबै भन्दा ठुलो हो” नेपालमा भएको सबै मानिसमा नेपाली भन्ने भावना हुनुपर्छ, अहिले मधेस आन्दोलन छ, कलकारखाना ठप्प छ, यदि हामीले बन्दलाइ सधैको लागि “बन्द” गर्न सक्यौ भने, कलकारखाना सहज रुपमा संचालनमा आएर, हाम्रो दैनिक आवस्यक बस्तु नेपाल मै उत्पादन हुन्छ र नेपाललै भारतको नाकाबन्दीले कुनै असर पार्दैन | यदि हामिले यो उपाय अपनाउन सकिए नेपाल पक्कै आत्मनिभर हुन सक्थियो, नेपालमा नेपाली भन्ने भावना देखिन निकै जरुरि छ | यो पनि एक जनाले होइन, पुरै देशमा नेपाल र नेपाली भन्ने भावना हुनुपर्छ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्