यू-१९ विश्वकप क्रिकेटको तयारीका लागि २२ खेलाडी छानिए

यू-१९ विश्वकप क्रिकेटको तयारीका लागि २२ खेलाडी छानिए

 

काठमाडौं, मंसिर १७ 
दुई महिनापछि बंगलादेशमा हुने १९ वर्ष मुनिको विश्वकपको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले २२ जना खेलाडी छनौट गरेको छ ।
काठमाडौंमा बुधबार सकिएको १९ वर्षमुनिको सुपर लिग क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनौट गरिएको क्यानले जनाएको छ । २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने र त्यसपछि अन्तिम टिम छानिने छ ।
बन्द प्रशिक्षणका लागि छानिने खेलाडीमा राजु रिजाल, आरिफ शेख, राजवीर सिंह, दिपेन्द्र ऐरी, शौरभ खनाल, सुशील कँडेल, प्रेम तामाङ, सुनिल धमला, सन्दिप सुनार, दिपेश श्रेष्ठ, ललितनारायण राजवंशी र
शंकर राना छन् ।
यसैगरी कुशल भुर्तेल, हिमांशु दत्त, योगेन्द्र कार्की, सन्दिप लामिछाने, इर्साद अहमद, नन्दन यादव, इशान्त पाण्डे, अविनाश बोहरा, सागर भण्डारी र अविनाश कर्ण ( B) पनि २२ जनामा परेका छन् ।
यी खेलाडीलाई जगत टमटाले प्रशिक्षण दिनुहुने छ । क्यानले टमटालाई २ महिनाका लागि मासिक २५ हजार रुपैयाँका दरले विशेष सुविधा दिँदै प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्