खेलाडी तथा प्रशिक्षकहरुलाई लायन्स क्लब अफ विराटनगर युनिकको सम्मान

खेलाडी तथा प्रशिक्षकहरुलाई लायन्स क्लब अफ विराटनगर युनिकको सम्मान

बिनु तिम्सिना
बिराटनगर मंसिर १८
भारतको राजस्थानमा भएको छैटौं एसकेएसआइ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताका विजयी खेलाडी तथा प्रशिक्षकहरुलाई लायन्स क्लब अफ विराटनगर युनिकले आज सम्मान गरेको छ ।

क्लबले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै सितोरियो कराँते खेलाडीहरु तथा प्रशिक्षकलाई सम्मान गरेको हो । सो प्रतियोगितामा ५० केजी तौलमा प्रथम तथा काँतामा तृतीय हुने दमनकुमारी घिमिरे, ५० केजी तौलमा द्वितीय हुने वर्षा खड्का, ४५ केजी तौलमा तृतीय हुने शोभादेवी राजभरका साथै इलामका प्रशिक्षक तथा कराँतेका अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ र झापाका प्रशिक्षक तथा करातेका अन्तर्राष्ट्रिय रेफ्री राजु महर्जनलाई सम्मान गरिएको हो । साथै कार्यक्रममा कराँते प्रशिक्षक विनोद राउतलाइ समेत सम्मान गरिएको थियो । उहाहरुलाई लायन्स क्लब ३२५ एवान डिष्ट्रिक गभर्नर सुनिलभक्त श्रेष्ठ, पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी र मोरङ जिल्ला खेलकुद विकास समिकिका अध्यक्ष किशोरलाल अमात्यलगायतले सम्मान गर्नुभयो । लायन्स क्लब अफ विराटनगर युनिकले लामो समयदेखि पूर्वाञ्चल बालसेवागृहका बालबालिकाहरुलाई सितोरियो कराँते प्रशिक्षण दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्