लियो ईनोभेटिभको व्याडमिन्टन प्रतियोगिता

लियो ईनोभेटिभको व्याडमिन्टन प्रतियोगिता

विराटनगर २ पौष ।

लियो क्लव अफ विराटनगर ईनोभेटिभले आज आफनो साप्ताव्यापी कार्यक्रम अन्र्तगत पांचौ दिन व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । आज भएको व्याडमिन्टन प्रतिगियोगिता अन्र्तगत लायन्स ईनोभेटिप र लियो ईनोभेटिभ विच प्रतियोगिता सम्पन्न भएको लियो ईनोभेटिभका अध्यक्ष सुनिरा चौधरीले जानकारी दिनुभयो । प्रतियोगितामा लायन अंन्जुला कार्की, लियो संञ्जु कट्वाल, र लियो नितीसा खड्का विजेता हुनुभएको थियो । कार्यक्रममा पास्ट डिस्ट्रीक गर्भनर लायन भिम घिमीरे, लायन लिला ढुङ्गेल, लायन्स अजीता बराल घिमिरे, लायन अंञ्जुला कार्की र लायन कैलास खांकी लगायतको उपस्थित रहेको थियो ।
यसैविच क्लवले यस अघि विराटनगर ईक्राइसमा रहेको जनता मावि कक्षा ६,७,८,९ र १० कक्षाका छात्राहरुलाई रजस्वला स्वास्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रम , विराट सत्य अकेन्वा निमावीमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्