पुर्वान्चल एकेडेमी र बिराट क्रिकेट सोसाइटी बिजयी

पुर्वान्चल एकेडेमी र बिराट क्रिकेट सोसाइटी बिजयी

 बिराटनगर पुस ७

पुर्वान्चल क्रिकेट एकेडेमी बिराटनगरको आयोजनामा बिराटनगरमा जारी क्रिकेट प्रतियोगितामा आज भएको खेलमा पुर्वान्चल एकेडेमी र  बिराट क्रिकेट  सोसाइटीले जित हासिल गरेको छ । आज भएको पहिलो खेलमा पुर्वान्चल एकेडेमिले सुनसरी क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा बिराट  क्रिकेट सोसाइटीले मोती क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको छ । पहिलो खेलमा टस जिती सुनसरी क्रिकेट क्लबले सबै विकेट गुमाइ ७९ रन बनाएको थियो जस्मा पुर्वान्चलबाट सिधान्त लोहनीले सर्वाधिक ३ विकेट लिएका थिए । पुर्वाल्चलले सुनसरीको टार्गेट ६ विकेट गुमाइ पुरा गरेको थियो । खेलको म्यान अफ दि म्याच सिधान्त लोहनी घोषित भए । त्यसै गरी अर्को खेलमा मोती क्रिकेट क्लबले सबै विकेट गुमाइ ६० रन बनायो । उक्त लक्ष्य बिराट कृकेट सोसाइटी ले जम्मा ४ विकेट गुमाइ पुरा गरेको थियो । बिराटका तर्फबाट निरज मुखियाले १८ रन जोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्