खेलाडी सञ्जिव बुढाथोकी प्रशिक्षक बन्ने

खेलाडी सञ्जिव बुढाथोकी प्रशिक्षक बन्ने

 

उर्लाबारी ।

कुनै समय नेपाली फुटबल जगतका राष्ट्रिय खेलाडी सञ्जिव बुढाथोकी यतिखेर प्रशिक्षकको भूमिका निर्वाह गर्ने तरखरमा छन् ।
मोरङको उर्लाबारी–७ मंगलबारेका ३६ बर्षीय पूर्व फुटबल खेलाडी बुढाथोकी अहिले ए.एफ.सी. ‘बी’ लाइसेन्स कोचिङ कोषको प्रशिक्षणमा ब्यस्त छन् । उनले नेपालको महारथी क्लब थ्रीस्टारको क्याप्टेनसहित विभिन्न क्लबबाट राष्ट्रिय स्तरको ए डिभिजन लिगलगायतबाट फुटबल खेलेका थिए । २१ दिने प्रशिक्षणमा काठमाडौंमा रहेका बुढाथोकी पूर्व डिफेन्डर हुन् । पछिल्लो समयमा सक्रिय फुटबल खेल जीवनपछि उनी प्रशिक्षण मै ब्यस्त छन् । उनी स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने कार्यमा जुटेका छन् । उनी उर्लाबारीस्थित मंगलबारे क्षेत्रको फुटबल खेलको विकासमा सक्रिय छन् । मंगलबारे फुटबल क्लबमा आबद्ध खेलाडीहरुलाई प्रशिक्षण दिंदै आएका बुढाथोकी पूर्वकै उत्कृष्ट क्लबका रुपमा मंगलबारेलाई स्थापित गराउने प्रयासमा क्रियाशिल रहेका छन् । यसअघि ए.एफ.सी. ‘सी’ लाइसेन्स कोचिङ कोष पूरा गरेका बुढाथोकी आगामी दिनमा उत्कृष्ट प्रशिक्षकको रुपमा देखिने योजनामा छन् । भाबी दिनमा उर्लाबारी क्षेत्रमा एकाडेमी सञ्चालन गर्ने लक्ष्य लिएका बुढाथोकीले निरन्तर रुपमा फुटबलको विकासमा समर्पित रहने बताएका छन् । ग्रामीण क्षेत्रमा रहेका प्रतिभावान फुटबल खेलाडीहरुको प्रतिभालाई उजागर गर्न आफूले भूमिका खेल्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्