देश दुइ साझा चुनाैतिका बिच रहेकाे छ

<span class='c1'>देश दुइ साझा चुनाैतिका</span> <span class='c2'>बिच रहेकाे छ</span>

नेपाली काँग्रैसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले देशको अगाडी मुख्य दुई साझा कार्य चुनौतिको रुपमा रहेको बताउनु भएको छ । पहिलो चुनौति  भुकम्प पछिको पुनःनिर्माण कार्य र अर्को संविधानको कार्यान्वयन रहेको आज नेपाल प्रेस युनियनद्धारा विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस महामन्त्री सिटौलाले सो कुरा बताउनु भयो ।  उहाँले संविधानको पहिलो चरणको कार्यान्वयन भए पछि मात्र देशले स्थायित्व प्राप्त गर्ने बताउनु भयो । उहाँले संविधानको कार्यान्वयनका लागि धेरै ऐन कानुन बनाउन जरुरी रहेको बताउदै सरकारले संविधान कार्यान्वयनको लागि नेपाली काँग्रेससंग कुनै सल्लाह नगरेको बताउनु भयो । कार्यक्रममा काँग्रेस महामन्त्री सिटौलाले देशको भुकम्प पछिको पुननिर्माण र सम्विधान कार्यान्वयनलाई विश्वासिलो ढंगबाट अघि बढाउन राष्ट्रिय एकताको खाँचो औल्याउनु भयो । उहाँले ओली प्रधानमंत्री जस्तो गरीमामय पदमा आसिन भए पछि शान्त रहेर सवैलाई समेटेर हिडी जिम्मेवार भएर काम गर्नु पर्ने बताउँदै उखान टुक्का र ठट्यौलीले देश नचल्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्