वेष्ट इण्डिज बन्यो टी-२० को विश्व नम्बर एक टीम

वेष्ट इण्डिज बन्यो टी-२० को विश्व नम्बर एक टीम

 

२७ पुस, काठमाडौं ।
वेष्ट इण्डिज टी-२० क्रिकेटमा विश्व नम्बर एक टीम बनेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आइतबार सार्वजनिक गरेको विश्व वरियतामा वेष्ट इण्डिज शीर्ष स्थानमा छ ।
भारतमा हुने टी-२० विश्वकप सुरु हुन दुई महिनाभन्दा कम समय बाँकी रहँदा वेष्ट इण्डिज शीर्ष वरियतामा फर्किएको हो । अष्ट्रेलिया दोस्रो र श्रीलंका तेस्रो स्थानमा छ ।
इंग्ल्याण्ड चौथो दक्षिण अफि्रका पाँचौ, न्यूजिल्याण्ड छैटौं, पाकिस्तान सातौं र भारत आठौं स्थानमा छ । अफगानिस्तान नवौं र बंगलादेश दशौं नम्बरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्