सातौं फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि ताप्लेजुङलाई

सातौं फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि ताप्लेजुङलाई

 

खविन लुइटेल
पाँचथर
फिदिममा सम्पन्न सातौं फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि ताप्लेजुङको कर्ण सिं सोनाम स्मृती क्लबले उचालेको छ । डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टीङ क्लबलाई २—० ले पराजित गर्दै ताप्लेजुङले उपाधि चुमेको हो । विजेता बनेसंगै ताप्लेजुङले १ लाख ११ हजार १ सय ११ रुपैया नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने आयोजक फिदिम स्पोर्टीङ क्लबले ५५ हजार ५ सय ५५ रुपैंयामा चित्त बुझाएको छ ।
खेलको तेह्रौ मिनेटमा ताप्लेजुङका रजिन धिमालले गोल गर्दै आफ््नो टिमलाई अग्रता दिलाए । दोश्रो हाफमा सुरुवातमै गोल रोक्ने क्रममा आयोजक फिदिमका खेलाडी नरेस सम्वाहाम्फेले आफ्नै पोष्टमा गोल गरेपछि ताप्लेजुङको अग्रता दोब्बर भएको थियो । ताप्लेजुङले दोश्रो हापमा डि एरियामा फल्ड पाएको पेनाल्टीको अवसर समेत सदुपयोग गर्न नसक्दा आयोजक फिदिमले खेलमा फर्कने मौका गुमाएको थियो ।

आयोजक फिदिम स्पोर्टीङका उत्कृष्ट प्रहारहरुलाई ताप्लेजुङका गोलरक्षक रवि थापाले रोकेका थिए । उत्कृष्ट गोलरक्षक समेत ताप्लेङका रवि थापा भएका छन् । उत्कृष्ट खेलाडी र सर्वाधिक गोेलकर्ता ताप्लेजुङकै रजिन धिमाल घोषित भएका छन् । फाल्गुनन्द गोल्डकपको सातौ संस्कर भारतसहित नेपालका गरी कुल ८ टिमका सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्