पुर्बेली ठिटो नवयुग जसले नेपाललाई पुगाए फाइनल सम्म

पुर्बेली ठिटो नवयुग जसले नेपाललाई पुगाए फाइनल सम्म

बिराटनगर माघ ६ ,

नेपालले १७ बर्ष पछी कुनै फाइनलमा पुग्न सफल भएको छ बंगलादेसमा जारि प्रतियोगितामा माल्धिभ्स लाई ४-१ गोल अन्तरले पराजित गरि ।  त्यसमा सबैभन्दा ठुलो भूमिका रह्यो पुर्बेली ठिटो नवयुग श्रेष्ठको  ।  इलाम जिल्लाको देऊमाई नगरपालिका (साविक मंगलबारे) का नवयुगले गरेको ह्याट्रिकले देश बासीलाई नया खुसि दिन सफल भएको छ  । ५ फुट ६ इन्च र ६१ केजी तौल भएका नवयुग आज नेपालकै उत्कृष्ट स्ट्राइकर बनेका छन् । यसै वर्ष अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनले अहिलेसम्म नेपाली राष्ट्रिय टोलीबाट ७ वटा खेल मात्र खेलेका छन्। २५ वर्षे यी युवाले यसै वर्ष भारतसँग भएको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए।

विङ्गर र फरवार्डको रुपमा तीब्र गति र आक्रमक शैलीमा खेल्ने उनी विपक्षीहरुका लागि सधैँ खतरनाक मानिन्छन्। राष्ट्रिय टोलीबाट ह्याट्रिक गर्ने नवयुग श्रेष्ठ पाँचौ. नेपाली खेलाडी बनेका छन्। बंगबन्धु गोल्डकप फुटबलममा माल्दिभ्सलाई नेपालले ४–१ ले हराउँदा नवयुगले ह्याट्रिक गरेका हुन्। नवयुगअघि गणेश थापा, नरेश जोशी, नीराजन रायमाझी र भरत खवासले ह्याट्रिक गरेका थिए। उनि बारे इलामका युवा नेता नवराज शंकर  भन्छन " यो सफलताले सम्पूर्ण इलाम बासीलाई गौरब दिलाएको छ , पुर्बेली ठिटोको यो सफलता केवल इलाम बासिको मात्र नभएर सम्पूर्ण नेपालको हो " ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्