” आमाको एक तोला सुन बेचेर मेलिना खोलेको थिए ” – संजय श्रेष्ठ

” आमाको एक तोला सुन बेचेर मेलिना खोलेको थिए ” – संजय श्रेष्ठ

बिराटनगरमा फोटोग्राफी भन्नासाथ मेलिना फोटो स्टुडियोको नाम आउछ र संग संगै नाम आउछ संजय श्रेष्ठको । बिसं २०३० साल असोज १६ गते बुवा कृष्णबहादुर श्रेष्ठ र माता मोती देवी श्रेष्ठको कोखबाट जन्म भएको हो संजय श्रेष्ठको । बि सं २०५३ साल देखि बिराटनगरको ट्राफिक चोकमा मेलिना फोटो स्टुडियो चलाउदै आएका उनिसंग आवर बिराटनगर डट नेटका बिबेक दाहालले गरेको कुराकानी :

१) कहिले बाट शुरु गर्नुभयो मेलिना फोटो स्टुडियो बिराटनगरमा ?
- मैले २०५३ साल बैशाख १ गतेदेखि शुरुआत गरेको हु मेलिना फोटो स्टुडियो ।

२)तपाईंको स्टुडियोको नाम मेलिना चाहिँ कसरी जुराउनु भयो नि ?
- मेलिना मेरो भतिजीको नाम हो , भतिजी जन्मिए पछि पंडितले दोकानको नाम "म" बाट राख्दा राम्रो हुन्छ भनेपछि मेलिना राखेको हो ।

३) शुरुका दिनमा स्टुडियो संचालनमा कस्ता संघर्ष गर्नुपर्यो तपाईंले ?
- शुरुका दिनमा धेरै दुख थियो  । म दिउसो स्टुडियोमा बसेर नाईट स्कुल पढ्थे , यो स्टुडियो मेरी आमा र दिदिले १-१ तोला सुन बेचेर र साथीहरू संग बीस हजार ऋण लिएर खोलेको थिए । मैले अरु साथीहरू जस्तो जवान हुदा रमाइलो गर्न पाईन किनकि म स्टुडियोलाई राम्रो बनाउन लागि परे । आज मेहनतको फल पाउदैछु । खुसी छु ।

४) तपाईंलाई फोटो खिच्न कस्ले सिकायो?
- म मेरो फोटोग्राफी गुरु तेज प्र. रिजाल ( रिजाल फोटो स्टुडियो) लाई मान्दछु । उहाँले सिकाउनु भएको हो मलाई फोटो खिच्न ।

५) १९ बर्ष भएछ फोटो खिच्न थाल्नुभएको , याद छ अहिलेसम्म कति जतिको फोटो खिचियो ?
- हाहा.. यो त अनगिन्ती छ नि । टाउको मा कति कपाल छ भने जस्तै भईगयो नि यो त ।

६) तपाईले फोटो खिचेका कोको अहिले नेपाली सेलिब्रेटि भए ?
- धेरै छन । जीवन लुईटेल , दिपाश्री निरौला लगाएत मोफसलका धेरै छन नि ।

७) यति धेरै फोटो खिचिसक्नु भयो , तपाईंको विचारमा सुन्दरता भनेको के रहेछ ?
- सुन्दरता भनेको अनुहार मात्रै होइन , त्यो मान्छेको मन पनि सुन्दर हुन जरुरी छ । अनुहार र मन दुवैले मानिसलाई सुन्दर बनाउछ ।

८) अनि ग्यामर भनेको चाहिँ के नि ? नाङ्गिनु ग्यामर हो ?
- होइन , त्यो त कसरी , कुन तरीकाले प्रश्तुत गरिन्छ त्यसमा भर पर्ने कुरा हो । ठाउँ सुहाउँदो फोटो मात्रै खिच्नु पर्छ नत्र हाम्रो समाजले पचाउन सक्दैन ।

९) यतिका सुन्दर युवतीको फोटो खिच्नुहुन्छ , तपाईंलाई नै प्रेम प्रस्ताव आउदैन त ?
- हाहा.. म विवाहित हु , आउदैन ।

१०) छोटा-छोटा लुगामा युवतीको फोटो खिचेर सामाजिक संजाल र स्टुडियोमा राख्नुहुन्छ , उनिहरुको परिवारले तपाईंलाई यस्तो फोटो किन खिचिदेको भनेर गाली गर्न कोही आएको छ छैन ?
- यस्तो अवस्था अहिले सम्म आएको छैन किनभने म उनिहरुको स्वीकृति बेगर फोटो पनि खिच्दिन र फेसबुकमा पनि हाल्दिन ।

११) तपाई आफू चाहिँ फोटो खिच्न कत्तिको रुचाउनु हुन्छ नि ?
- पहिला त एकदम रुचि थियो मेरो तर अहिले खासै रुचि लाग्दैन ।

१२) बिराटनगरमा मोडलहरुका लागि कस्तो अवसर देख्नुहुन्छ ?
- अवसर अवस्य छ तर मोडलिङमा लाग्नेले यश क्षेत्रमा निरन्तरता दिन आवश्यक छ ।

१३) मेलिना फोटो स्टुडियोका आगामी कार्यक्रम के के रहेका छन ?
- मेरो आगामी योजना भनेको बिराटनगरमा विवाहहरुमा फोटो खिच्ने टिम तयार पार्न मन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्