अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि बंगलादेशमा सुरु

अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि बंगलादेशमा सुरु

काठमाडौं, माघ १३ । अन्डर नाईन्टिन विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि बंगलादेशमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्ने छ ।

त्यसैगरी आजै हुने अर्को खेलमा इङ्ल्यान्ड र फिजि भिड्दै छन् । नेपालले आफ्नो पहिलो खेलमा भोली(बिहीबार) न्यूजिल्याण्डको सामना गर्नेछ ।

समुह डी मा रहेको नेपालको समुहमा न्युजिल्याण्डसँगै भारत र आयरल्याण्ड रहेका छन् । यसअघि यही समुहमा रहेको अष्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि आयरल्याण्डलाई समुहमा राखिएको हो ।

नेपालले समुहको दोस्रो खेलमा शनिबार आयरल्याण्डसँग खेल्नेछ भने अन्तिम खेलमा सोमबार भारतको सामना गर्नेछ । प्रतियोगिताको अघिल्लो संस्करणमा छनोट हुन नसकेको नेपालले यसपटक दोस्रो चरण पुग्ने लक्ष्य लिएको छ । तर समुह चरणमै टेष्ट मान्यता प्राप्त बलिया दुई टोलीसँग खेल्नुपर्ने भएकाले नेपालको यात्रा त्यति सहज पक्कै हुने छैन ।

अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा नेपालको यो सातौं सहभागिता हो । सन् २००० मा पहिलो पटक यो प्रतियोगिता खेलेको नेपालले त्यसयता सन् २००२, ०४, ०६, ०८ र १२ मा प्रतियोगिता खेलेको थियो ।

सन् २०१० र २०१४ को संस्करणमा भने नेपाल छनोट हुन सकेको थिएन । सन् २००६ मा न्युजिल्याण्डलाई हराएर नेपाल प्लेट च्याम्पियन बनेको थियो ।
त्यसवाहेक प्रतियोगिताको विभिन्न संस्करणमा गरेर नेपालले टेष्ट मान्यताप्राप्त टोलीहरु दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्याण्ड, बंगलादेश र जिम्बाबेलाई पराजित गर्दै उमेर समुहमा आफुलाई अब्बल साबित गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्