बिराटनगर माघ १४ , पुर्वाञ्चलको अनलाइन पत्रिका आवर बिराटनगर डट नेटले आफ्नाे साईटमा गरेको सर्भेमा ७४.४% सहभागीले बिराटनगरलाई प्रदेश १ बाट टुक्र्याउनु हुदैन भनेका छन । त्यसैगरी १८.६% सहभागीले भने बिराटनगरलाई प्रदेश २ मा गाभ्नुपर्छ भनेका छन । बाकि ७% ले भने बिराटनगरलाई जता राख्दा पनि हुनेमा भोट दिएका छन । अनलाइन सर्भेमा कुल ५१२ जनाले सहभागीता जनाएका थिए । आवर बिराटनगर डट नेटले विभिन्न सामाजिक र राजनीतिक विषयमा अनलाइन सर्भे गर्दै आएको छ ।