सिरहाबाट ब्राउन सुगर सहित पक्राउ

<span class='c1'>सिरहाबाट ब्राउन सुगर</span> <span class='c2'>सहित पक्राउ</span>

प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले ब्राउनसुगरसहित सिरहाको गोलबजार नपा–६ निवासी २० वर्षीय भक्ति राई, २२ वर्षीय गोरे भन्ने बिमल छारापाने र १९ वर्षीय सुजन थापा मगरलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट एक ग्राम २० मिलिग्राम अवैध लागुऔषध (ब्राउन सुगर), नगद रु ५५ हजार ४१० तथा लागुऔषधमा प्रयोग गरिने विभिन्न सामग्री बरामद भएको जानकारी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले दिनुभयो । पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाही तथा म्याद थपका लागि जिल्ला अदालत सिरहा पठाएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्