विदेश ! (कथा) – अभिषेक राजबाहक

विदेश ! (कथा) – अभिषेक राजबाहक

यो प्रतेक युवाहरूको सपना वा बाध्यता नै भएर उभिदिएको आज। हुने खानेहरू युरोप तिर लाग्छन् भने नहुनेहरू खाडी मुलुक तिर। युरोप सपना हो भने खाडी मुलुक बाध्यता। त्यहि बाध्यता बोकेर कति मान्छेहरू
मुगलान छिर्छन् त्यो कागज कमाउने आशमा जो आज मानव जिवन भन्दा नि
अमुल्य भइदिएको छ। त्यहि युवाहरूको बिच मध्ये एउटा मेरो साथी पनि छ।जो बि.बि.एस सेकेन्ड यरमा पढदा पढदै बिदेशिन लागेको छ।उसको पढाइ पनि राम्रै थियो।कलेजको टपरहरू मध्ये एक भनौ। अस्ति भर्खर उसको बिदेश जाने पासपोर्टमा ठप्पा लाग्यो अरे!

त्यहि भएर उसले हिजो हामीलाई पाटि खुवाउन कै निमित्त एउटा दारू दोकानमा छिरायो। म उ अनि हाम्रा अरू दुइ साथी। टेबल र कुर्सीहरूले सजिएको त्यो पसलमा हामी पनि पिउन भनि छिर्यौ।यसो आखा डुलाए। हामी पिउन छिर्ने पहिलो ग्राहक पक्कै पनि थिएनौ त्यहा किनकी त्यहा अरू पनि मान्छेहरू थिए जो आफ्ऩै गफमा व्यस्त
देखिन्थे अनि पुरा पसल नै चुरोटको धुवाले भरिएको थियो। सबै धुवा त्यो कोठा माथि रहेको एउटा सानो भेन्टिलेसनबाट
तछाड मछाड गर्दै बाहिरिदै थिए भने हामी भित्रिदै थियौ। एउटा टेबल र त्यसको छेउ छाउमा
राखिएको चार वटा कुर्सी देखे लाग्यो त्यो टेबल र कुर्सीले हामीलाई नै
कुरीरहेथ्यो। मैले सबैलाई त्यो टेेबलमा जाउ भने।सबैले आफ्ऩो आफ्ऩो सिट रोज्यौ अनि बस्यौ।
हामी राम्ररी बस्ऩ नपाउदै एउटा सानो
केटो हाम्रो अगाडि आएर उभियो अनि सोध्ऩ थाल्यो के दिऊ दाइ? भनि।
'लु अडर देउ के के खाने हो!'हामी मध्ये पहिले बिशाल नै बोल्यो।बिशाल जो बिदेशिन
लागेको छ।उसले नै पाटी दिन्छ भनेर हामी पनि आएका थियौ त्यो पसलमा।
'झोलमा के के छ भाइ?' त्यो दोस्रो बोली बोल्ऩे आकाश थियो। त्यो भाइले उसको कुरा राम्ररी बुझेछ
क्यारे! उसले स्कुलमा पढने कुनै बच्चाले ए,बि,सि,डी फर्रर भने जसरी नै सबै
रक्सीको नाम लियो।हामी एक अर्काको अनुहार हेर्दै ट्वा पर्यौ। 'यहा पिउनेलाई भन्दा पिलाउनेलाई बढी
थाहा हुदो रहेछ त्यो झोकको प्रकार'भन्दै हाम्रो तेस्रो साथी हास्ऩ थाल्यो विपुल!
अनि हामी पनि हास्ऩ थाल्यौ उसको कुरा सुनेर। 'भाइ हाफ फाइल आर.यस लेउन' मैले भने।
'अनि नास्ता चाहि?'त्यो भाइले तुरून्तै त्यहि बेला अर्को प्रश्ऩ गरी हाल्यो। नास्ता के मगाऊ भन्दै सबैलाई भने।
नास्ताको अडर सबै विपुलले दियो। सुकुटी,सेकुवा अनि अरू के के हो।त्यो हावामा मिसिएको चुरोटको धुवाले मेरो
घाटी खसखसायो अनि मैले सबैभन्दा पहिलेएउटा सूर्य चुरोट ल्याऊ है भाइ भने। 'दुइवटा लेऊ भाइ'आकाशले चुरोटको संख्या बढायो। 'तीन वटा लेऊ भाइ'विपुल पनि कहाँ चुप बस्ऩ सक्थ्यो र उसले पनि बोली हाल्यो।
हामी तीनैले आफ्ऩो आफ्ऩो लागि चुरोट मगाएको देखेर होला विशालले अलि ठुलो
स्वरमा भन्ऩ थाल्यो 'भाइ एक बट्टा लिएर आउ चुरोट।'उसले त्यो भाइलाइ भन्यो अनि भन्ऩ थाल्यो हामीलाई पनि 'के किचिर-किचिर गर्या डाइरेक्ट मगान एक बट्टा' त्यो बेला हामी केही बोलेनौ।
हामीले भने अनुसार नै पहिले चुरोट र सलाई टेबलमा आयो।त्यो अधेरी रातको जाडोमा हल्का भएनी गर्मी थप्ऩे काम
त्यो चुरोटले गर्यो।चुरोटको धुवा एकपल्ट फोक्सो भरी तानेर बाहिर फाल्दै भने 'अनि बिशाल जाने भइस् होइन त बिदेश कुन देश पो रे? अनि कति बर्षको लागि?'मैले नै कुराको थाल्ऩी र प्रश्ऩ गरे। 'कतार जाने हो यार! तीन वर्षको लागि!' उसले पनि चुरोट पिउदै भन्ऩ थाल्यो।
'जा जा नेपालमा जति पढे पनि त्यहि हो! आखिर जाने भनेकै विदेश नै त हो'आकाशले कुरामा कुरा थप्यो।
'अनि त के गर्छ त?' विपुलले मतिर हेर्दै सोध्यो। 'खै! केही सोचेको छैन् अहिले सम्म त'मैले बढ़ो
गम्भीर भएर भने। 'के सोच्छस्! त पनि त उहि हो विदेश जाने। कि त हुनु पर्यो बाउ बाजेको सम्पति।'भन्दै आकाशले भन्यो।हुन पनि हो यहाँ बसेर के नै गर्नु छ र! लोडसेटिंग,बन्द हडताल अनि बेरोजगारीले
भरिएको देशमा।  ...'केटो पढेर यहि केही गर्छु भन्ऩे कुरा नि खोलामा बगाइदिए हुन्छ।' भन्दै भन्ऩ थाल्यो विशाल पनि। त्यतिकैमा हामीले अडर गरेको खानेकुराहरू पनि हाम्रो टेबलमा आयो। एक सिसि अनि चार गिलास अनि प्लेटमा ल्याइएको त्यो मासुका चोक्टाहरू। 'ल अब एकछिन खानेतिर ध्यान दिऊ केटा हो।' फेरी बिशालले भन्ऩ थाल्यो। सबैको गिलास बिशालले नै भर्यो। एक प्याग दुइ प्याग गर्दा गर्दै त्यो आधा फाइल रक्सीको बोतल पनि रितियो। तर त्यति मात्रले के पुग्थ्यो र हामीलाई। विपुलले अलि नाक खुम्चाउदै भन्ऩ थाल्यो 'यो त घाटी मै हरायो त यार!' बिशालले अरू मगाऊ त भन्दै अर्को हाफ फाइल मगायो। हामी सबैलाई त्यो रक्सीको मातले रमरम भइसकेको थियो।
आकाशले फेरी चुरोटको बट्टाबाट एउटा चुरोट झिकेर चुरोट सल्कायो अनि मुख भित्रको धुवा बाहिर फाल्दै भन्ऩ थाल्यो
'तिमीहरूलाई थाहा छ यो हाम्रो स्कुल कलेजको स्टिफिकेटहरू छन् नि त्यो यो
चुरोटको धुवा जस्तै छ जबसम्म हामीसँग छ त्यो देखिन्छ तर जब यो
दुनिया सामु पुग्छ तब यो यी समाज नामक हावासँग मिसिएर बिलाउदो रहेछ किनकी हामी जस्ता स्टिफिकेट बोक्ऩेहरू हजारौ छन् यहाँ तर स्टिफिकेट अनुसारको
काम पाउनेहरू एक दमै कम मात्रा रहेछन्।' उसको कुरा सुनेर कता कता ठिक लाग्यो।
हुन पनि हो जुन देशमा सरकारको भर छैन् त्यो देशसँग के आश गर्नु। जुन देशको पानीको
नलमा पानी पाइदैन् त्यही देशमा ठुला गफ गर्ने नेताहरू भन्छन् कि पाइपबाटै घरघरसम्म
ग्यास पुर्याउछौ रे। यहाँ जनताहरूलाई सपनाको खेती गरेर पैसा कमाउने नेताहरू धेरै रहेछन्।
अचानक! उसको कुरा सुनेर 'ठिक भनिस् यार'भन्दै हामी बसेको टेबल
बिशालले पिटन थाल्यो कुनै सभासदले सभासद भवनमा कुनै कुरा ठिक लाग्दा सहमति स्वरूप टेबल पिटे जस्तै। हेर्दा हेर्दै चार गिलास र दुइ बोतल
रितियो।भूकम्प पििडतको नाममा राहतको लागि आएको पैसा नेताहरूले मिलेर खाए जसरी नै हामीले टेबलमा आएको त्यो रक्सी र नास्ता बाटेर खायौ। यो रक्सी भन्ऩे चिज नि अजिब छ मुख भित्र
पसेर टाउकोमा चढ़छ।हामी त्यहाबाट निस्किएर बाइक पार्किंग तिर लाग्यौ तर एक अर्काको साहरामा।
लाग्दै थियो हामी हिडने बाटोमा कसैले केलाको छिल्का फालिदिएको छ जस
माथि जति टेक्यो हामी उति लडथ्यौ। 'ओइ म त सक्दिन यार बाइक चलाउन' भन्दै
बिशाल कराउन थाल्यो। मलाई पनि रक्सीले छोइसकेको थियो। छोयो मात्र के
भनौ मलाई यो रक्सीको नशाले अंगाली सकेको थियो। 'तिमीहरू बस न हामी हाक्छौ बाइक'
आकाशले बिशाललाई हेर्दै भन्यो। हामी? यानी को? म आफ्ऩो शरीर आफै समालेर हिडन सकिरहेको थिइन त्यो माथि बाइक र पछाडि अर्को मान्छेलाई कसरी सम्हाल्थे।त्यो पनि रक्सी कै नशामा भएको व्यक्तिलाई।
'हैट म त सक्दिन है!' मैले पहिले नै हात उठाइदिए सक्दिन भनेर।
'तलाई कसले भन्या छ र मुला त बस्ऩ! बाइक म र विपुलले हाक्छौ।'भन्दै आकाशले फेरी
भन्यो। हामीले आकाशले भनेकै अनुसार गर्यौ किनकी हामी मध्ये कम नशामा उनीहरू नै
थिए जस्तो लाग्यो। त्यो होटलको गेट बाहिर पुग्दा नपुग्दै बिशालले भन्ऩ थाल्यो
'ओइ! त्यो गेटकिको अगाडि रोक है बाइक एकछिन!' 'हे!किन हौ?'आकाशले भन्यो। 'रोक्ऩ रोक!'बिशालले फेरी भन्ऩ थाल्यो। आकाश र विपुलले बाइक त्यो गेटकिको छेउ
मै गएर रोक्यो।हेर्दा अलि बुढो बुढो थियो त्यो गेटकी। अलि सेतो जुगा अनि तालु खुइलेको। हामी अगाडि आएको देखेर हत न पत हातमा समाइ राखेको टोपी लगायो अलि एक सलाम दियो हामीलाई। उसको काम नै त्यहि रहेछ आउदै जादै गरेको बाइक वा कार वालालाई सलाम गर्ने अनि गाडिको रेख देख गर्ने। बिशालले आफ्ऩो पकेटमा हात हालेर रू.सयको नोट निकाल्यो अनि त्यो बुढोलाई दियो।हामी अचम्ममा पर्यौ कि उसले त्यो बुढोलाई किन पैसा दियो भनेर। तर हामी केही बोलेनौ मात्र एक अर्को अनुहार हेर्दै इशारा मै सोध्ऩ थाल्यौ 'के गरेको यसले?'
बुढोले पनि खुसी हुदै हात थाप्यो अनि फेरी सलाम पडकायो हामीलाई।एकछिन
लाग्यो उसले त्यो बुढोको सलाम रू सयमा पो किनेको हो कि बा। कुरो स्पष्ट भएको थिएन त्यो समय।हामी
त्यहाँबाट निस्कियौ।बाटोमा जादा जादै एउटा
पान पसल खुल्ला देखे।मलाई पान खान मन लाग्यो अनि विपुललाई पान खाउ भनेर त्यहा बाइक रोक्ऩ भने।उसले पनि
आकाशलाइ बाइक त्यो पान पसलेकोमा रोक्ऩ लगायो। सबैले जर्दा पान खाने भन्यौ पानवालालाई।त्यो पानवाला पान बनाउने मै व्यस्त भयो अनि अघि भर्खर मनमा उब्जेको प्रश्ऩले शब्दको रूप लिदै ओठको बाटोबाट बाहिरिन पुग्यो 'ओइ त्यहिले त्यो गेटकिलाई किन पैसा देको रे?'मैले बिशाल तिर हेर्दै भने। रक्सीको नशाले उसको आखा लठ्ठ थियो। त्यहि पनि मेरो प्रश्ऩको उत्तर दिने
जमर्को उसमा रहेछ। उसले मतिर हेर्दै भन्यो 'हेर केटा!त्यो गेटमा
बसेको मान्छेले हामीलाई जहिले सलाम गर्छ अनि हाम्रो गाडीहरूको पनि
हेरबिचार गर्छ तर मान्छेहरू त्यो गेटकिलाई भन्दा वेटरलाई टिप दिने गर्छन्।म भन्दिन
टिप वेटरलाई नदेऊ!म त यति मात्र भन्छु कि कहिले काहि हाम्रो सामानको हेरबिचार गर्ने त्यो गेटकिलाई पनि त देऊ
टिप अनि हेर त्यो गेटकीको अनुहारमा खुसी भन्ऩे चिज के हो।' उसको कुराले मन छोयो हुन पनि हो हामी धेरै जसो मान्छेहरू कहि होटलमा खान गयौ भने टिप जहिले पनि वेटरलाई दिन्छौ तर कहिले त्यो गेटमा हाम्रो सामानको हेरबिचार गर्ने गेटकिलाई दिदैनौ। पानवालाको पान खादै हामी पुलिसको चेकिंगबाट बच्दै घरतिर लाग्यौ अनि उसको
त्यो विचार बोकेर म पनि घरतिर लागे उनीहरूसँग। उ आज बिदेश जादै छ अनि छोडेर जादै छ उसको याद र यो टिपको कुरा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्