बिराटनगर माघ १७
बंगलादेशमा जारी अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा सहभागी नेपाली खेलाडीलाई सरकारले जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । १२ औं दक्षिण एशीयाली खेलकुदको तयारीबारे जानकारी दिन नेपाल ओलम्पिक कमिटिले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले युवा विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई पुरस्कार दिने घोषणा गरेका हुन ।नेपाल आइसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । समुहको पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै नेपालले शनिबार आयरल्याण्डलाई पराजित गरेको हो ।