प्रधानाध्यापक यादवलाई तत्काल कारवाही गर्न माग

<span class='c1'>प्रधानाध्यापक यादवलाई तत्काल</span> <span class='c2'>कारवाही गर्न माग</span>

विराटनगर १ फागुन । श्री जनता बाल निमावि विराटनगर–१८ को विद्यालय व्यवस्थापन समितिले विद्यालयका प्रधानाध्यापकको कार्यशैली प्रति आपत्ति जनाएको छ । १७ वर्षदेखि विद्यालयमा प्रधानाध्यापक रहनु भएका वीरेन्द्रकुमार यादवले मनोमानी र एकलौटी ढंगले विद्यालयमा हिनामिना गरेको आरोप व्यवस्थापन समितिले लगाएको छ । नव निर्वाचित विद्यालय व्यवस्थापन समितिको अध्यक्ष देवशरण दास महतोले विद्यालयको आय–व्यय विवरण माग गर्दा अध्यक्षकै सर्टिफिकेट बारे गलत भ्रम फैलाएको आरोप समितिले लगाएको छ । प्रधानाध्यापकको कार्यशैलीप्रति जिल्ला शिक्षा कार्यालयमा प्रअको गैर जिम्मेवार गतिविधिका बारेमा उजुरी गरिएको र उजुरीका सम्बन्धमा जिल्ला शिक्षा कार्यालयले समेत चासो नलिएको आरोप व्यवस्थापन समितिले लगाएको छ । विद्यालयको छात्रवृत्ति र आयव्यय सम्बन्धमा जिल्ला शिक्षा कार्यालयबाट भएको ढिलासुस्तीले शिक्षा कार्यालयको समेत मिलेमतो भएको आरोप व्यवस्थापन समितिले लगाएको छ । विद्यालयका प्रधानाध्यापकको गैरजिम्मेवारी र विद्यालयमा भएको भ्रष्टाचारका विरुद्ध व्यवस्थापन समिति अख्तियारमा जाने समितिका सदस्य मुकेश यादवले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्