भारत र नेपाल आज फाइनलमा भिड्ने

भारत र नेपाल आज फाइनलमा भिड्ने

१२ औं दक्षिण एसियाली खेलकुद -साग) को फुटबलतर्फ नेपालका महिला र पुरुष दुवै टोली स्वर्ण पदकको संघारमा छन् । तर, यसका लागि दुवै टोलीले आयोजक भारतलाई पन्छाउनुपर्ने चुनौति छ ।दक्षिण एशियाली महारथी भारतको टोलीलाई महिला फुटवलमा नेपालले अहिलेसम्म हराउन सकेको छैन । यता, पुरुषतर्फ २३ बर्षयता नेपाल सागमा स्वर्णबिहीन छ ।
भारतसित अहिलेसम्म व्यहोरेका हारको बदला लिँदै नेपालको स्वर्ण जित्ने लक्ष्य लिएको छ महिला फुटवल टोलीले । सिलोङमा सोमबार अपरान्ह हुने खेलमा उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रिने प्रशिक्षक ध्रुव केसीले बताए ।
आयोजक भारतसँग उपाधि भिडन्तका लागि नेपाल तयार देखिएको छ । समुह चरणमा भारतलाई कडा टक्कर दिँदै नेपाली चेलीहरुले गोलरहित बराबरी खेलेका थिए । त्यसअघि नेपालले भारतसँग पाँचपटक भएको भेटमा जित हात पार्न सकेको थिएन । यसपटक भारतलाई उसैको भूमिमा हराएर सागमा इतिहास रच्न आतुर छन् चेलीहरु ।
राष्ट्रिय खेलकुद परिषदका फुटबलका प्रमुख प्रशिक्षक समेत रहेका केसीले आफ्नो लक्ष्य स्वर्ण जित्ने रहेको बताए । उनले भने, ‘हामी जितका लागि खेल्दैछौं । त्यसका लागि हामी तयार छौं र योग्य पनि छौं ।’
भारतलाई पन्छाउने रणनीति बुन्न व्यस्त छन् प्रशिक्षण केसी । फाइनलमा आफ्नो टिमले सामुहिक फुटबल खेल्ने बताउँदै केसी भने, ‘सबै खेलाडी आवश्यक परेको बेला जुनसुकै पोजिसनबाट पनि खेल्ने सामथ्र्य राख्छन् ।’
नेपालको अट्याकिङ र डिफेन्स लाइन उत्कृष्ट र्फममा रहे पनि मिडफिल्ड केही कमजोर रहेको उनले स्विकारे ।नेपाल र भारतबीचको फाइनल खेल सिलोङस्थित नेहरु रंगशालामा अपरान्ह ४ बजेबाट सुरु हुनेछ । राउण्ड रोविन प्रणालीका आधारमा नेपाल शीर्ष र आयोजक भारत दोश्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्