विराट गोल्डकपबाट थ्रीस्टार र नेपाल पुलिस क्लब बाहिर

<span class='c1'>विराट गोल्डकपबाट थ्रीस्टार र</span> <span class='c2'>नेपाल पुलिस क्लब बाहिर</span>

बिनु तिम्सिना - विराटनगर फागुन-३, फागुन ६ गते देखि हुने विराट गोल्डकप फुटबल टुर्नामेन्ट प्रतियोगितामा दुई चर्चित टिमले सहभागिता नजनाउने भएका छन् । प्रतियोगिताको तयारी अन्तीम चरणका पुगेको विषयमा जानकारी गराउने उद्देश्यले आयोजीत पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । प्रतियोगितामा गत बर्ष सहभागिता जनाएको नेपाल पुलिस क्लव र थ्रि स्टर क्लवले सहभागिता नजनाउने भएको हो । थ्रि स्टार गतबर्षको उपविजेता टोली हो । दुवै टोलीको यस पटकको प्रर्दशन खराव रहेको भन्दै आयोजकले नै आउन नमानेको गोल्डकप टुनामेन्ट आयोजक समितिका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो । प्राविधिक र दक्ष खेलाडीको अभावका कारण दुई टिमले सहभागिता नजनाएको उहाले बताउनुभयो । तर म्याच फिक्सिनमा खेलाडीहरु समातिएपछि थ्रि स्टार फोटवल क्लवले सहभागिता नजनाएको भन्ने बुझिएको छ । प्रतियोगितामा तिन अन्तराष्ट्रिय सहित १० टिमले सहभागिता जनाउने छन् । फागुन ६ गते उद्घाटन हुने खेल फागुन १५ गते समापन हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन नेपाली प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले गर्नुहुने छ । गतबर्षको विराट गोल्डकप फुटबल प्रतियोगिता उपाधि मोफसलको टोली झापा–११ ले कब्जा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्