संस्कार (कथा) – सबिन चिमरिया

<span class='c1'>संस्कार (कथा) –</span> <span class='c2'>सबिन चिमरिया</span>

अाेइ एक डबका हान्दे.... । हल्ला नगर है अनिते.... । हेर न बाउन भकाे... खुबैकाे । " ... अाउन चै तँलाइ तामाङ्गकाे बे मा अाउनु पर्ने, सम्मान गरेर दे काे सर्वत चै नखाने भन्छ, काठाे ... ।" अाँखा तराइले कता कता रिस उठ्याे । कानमा साउती गर्दै भने बमिट हुन्छ रे भाे भने के गर्छेछ ?" अरे याे नि राेमान्टिक छ यार याे पनि, मेराे लुगा खाेलेर थापिदिउँला" , "लाज त मान्दैनस्  नी"  । अाँखाले इशारा गर्दै भनि " हिड् जाैँ मेराे काेठामा ।"

तल एक हल गाेरू बाँधिएका । हलाे , दाँधे, जुवा साइडमा राखिएकाे अनि पल्लाे कुनामा सानाे चिटिक्क परेकाे बाख्राकाे खाेर । त्याे डल्ली भुन्टी च्याँखुरी जति राम्री थि नि त्यस्तै रैछ त्यसकाे काेठा पनि । मतानकाे माथिल्लाे तल्ला अनि भाटामा माटाकाे लेप लगाएकाे, बिचमा अलिकति भाग माटाेले नटालिएकाे जहाँ बाट अाकाशमा टल्कीरहने ताराहरू अनि बादलुकाे घुम्टाेभित्र खेल्दै गरेकाे जून देखिने । केवल याैटा सुन्दर काेठा अनि बाहिर अाधा भागमा पराल र अरू केही राखिएकाे । छेउकाे टगालामा झुण्ड्याइएका केही मकैका झुत्ता अनि ढाेकाकाे एक छेउमा राखिएका हल्लुड जाेलाराहरू ।

नुहाउन र लुगा लगाउन साह्रै दिक्क लाग्ने थाहा पाएर नै हाेला म ७ बर्षकाे हुँदा मात्र स्कुलमा भर्ना गरिदिनु भयाे । दुइ खाेला तरेर मात्र स्कुल पुगिने अनि त्याे पनि लैनाे पाडाे जस्ताे हिड्ने भनेर  सानाेमा भन्ने हुँदा लगभग एक घण्टा लाग्ने स्कुलमा चाहेर पनि मलाइ छिट्टै स्कुल भर्ना गरिदिनु भएन । पढ्नमा बिस्तारै लगाब बढेर वा भनाैँ अरू कमजाेर भएकाेले हाे म चार कक्षामा पुग्दा पहिलाे पटक कक्षामा दाेस्राे भएँ । एक त पहाडकाे स्कुल अनि छाेरीलाइ किन पढाउनु भन्ने मान्यता रहेकाे त्याे स्कुलमा छात्रा बिध्यार्थीकाे शंख्या एकदमै न्युन थियाे । परिक्षा दिन नपाएकी अनिता र फेल भएका अरू दुइ साथै हामिसँगै पास भएकी मेरी धर्म बहिनी रूकु र अरू दुइ मात्र ।

चाैध पन्ध्र बैँशमा शरद, शिशिर गर्दै अाएकाे बसन्तले बिश्तारै पाउला लगाउँदै थियाे । पहाडकाे चिसाे हावाले स्पर्श गरेका राता राता गाला, गुराँसले स्पर्श गरेका बाटुला अाेठ, फुस्फुसाउदाे हिँउमा भिजेका अाँखा, घामपानीमा टल्किरहेकाे इन्द्रेणी कपाल, मध्य जाडाेमा भर्खरै हिँउ परेर भरिदै गरेका दुइ टाकुरा छाती, बिहानीका सुनाैला घामले स्पर्श गरेका पिडाैलाहरू बाह ! उसले छपनीमा ड्रमबाट झिकेर लगाकाे काेदाेकाे गनाउने भात पानी लगाएर निचाेर्दै साेधि "अाेइ बाहुन .. तेराे १ बित्ता लामाे नाकले त याे गनाकाे मन पराएन हाेला है ?" "खाएपछि  बाहुनलाइ त गाइकाे गहुँतले हाेला फेरी चाेख्याउनु पर्ने " पिलित्त सर्पले जस्तै जिब्राे निकालेर भन्न भ्याइ ।  भन्न त तेराे बैशकाे प्याला पिउनलाइ त छु यहाँ भन्न मन थियाे  तर रिसाउलीकी भनेर अाँट नै अाएन । सुँगुरकाे थुतुनाे जस्तै अाेठ पारेर  मलाइ खिल्ली उडाउँदै भनी के गर्छस...? हामी मतवालीकाे त याे " सर्बत हाे सर्बत...।" अाँखा तर्दै थप्न भ्याइ " पछि रित बुझाउन अाँउदा त तैले नै बाेकेर ल्याउने हाे क्यारे"  म त बच्चा बाेकेर हिड्दै हुन्छु हाेला," कि बच्चा बाेक्छस ?"

अाेठमा अरबाैँ खुसीहरू दाैडिए । स्कुलका सबै कार्यक्रममा नाच्न गाउनमा एक नम्बर उ । म जस्तै सबै शिक्षक शिक्षिकाकी प्यारी उ । फरक, म पढाइमा अब्बल अरू सामान्य, अनि उ अतिरिक्त क्रियाकलापमा अब्बल र पढाइमा सामान्य । चुस्ते , देगु, सन्ते, शुक्रे, नन्दे लगाएतकाे प्रेम प्रश्ताब अस्विकार गरेकाे त मेरै कानले सुनिसकेकाे थिएँ । बाेल्ने कुनै शब्दनै भेटिन ।  कुनै प्रतिकृया बिहिन बने म । अाफ्नै सुरमा छपनिमा छानेर उसले एक डबका म तिर तेर्स्याउँदै भनि "ल स्वाट्ट पार त । ठेकीकाे महिँ त हैन तर कम नि छैन के बाहुन", अलि लजाउँदै भनि ।

चाैध हिउँद काटेर १५ दाैडिदै गरेकाे म, छिमेकका ५ घर बाहेक सबै मतवाली हुँदा नि कहिल्यै जाँड रक्सी मुखमा परेन । बिहान बेलुका घरकाे काम अनि स्कुलकाे गृहकार्य, दिनभरी स्कुल। अाइतबारकाे हाप छुट्टीमा अाएर लुगा धुनु ,नुहाउनु र साेमबार दिनभरिलाइ पुग्ने घाँस काटेर राख्नु अनि साेमबार हाटमा किराना सामान बेच्न अामालाइ सघाउनु नै जिन्दगी थियाे । घर छाडेर राती बाहिर डुल्नलाइ त हरेक बर्ष तिहार नै अाउनु पर्थ्याे । बन्देज त थिएन तर कहिल्यै त्यस्ताे चाेरी , चकारी, डुलाङ्गे , धुन्धुकारी साेच पनि अाएन ।   सायद बैँशकाे बाढी नै ढिलाे बगेकाे हाेला वा केटाकेटीकाे नैतिक शिक्षा नै त्यस्तै पाएँ की ?

धना दिदिकाे बिहेका बाजा बजिरहेका थिए । सबै अा-अाफ्नै धुनमा मस्त थिए । न हामीलाइ कसैले शंका गर्ने उमेर न हाम्राे कुनै त्यस्ताे कुनै इतिहास । दुइ कान्ला माथि रहेकाे उसकाे काेठाकाे हाम्राे घटनाकाे साक्षि केवल थियाे त अाकाशका जून र ताराहरू अनि त्याे प्रकृती । अगाडि माने डबकामा टिलपिल दहि जत्तिकै बाक्लाे र माथि केही काेदाेका गेडाहरू तैरिरहेक जाँड जस्मा त्यही च्यान्टीकाे हातकाे मेहनत थियाे । मलाइ नामर्द बन्नु थिएन । नत उसले मलाइ अरू कुनै काम नै लगाएकी थिइ। "बस' एक डबका 'उस्काे प्रेमकाे" । अमिलाे माेहि मानेर एकै सासमा तनी सिध्याएँ । थाेरै मुस्कानसँगै मेराे अाँखामा हेरीरहेकी रहिछ ।

बर्गिय अान्दाेलन उत्कर्षमा थियाे । हलक्क बढेका र खाइलाग्दा ज्यान भएकालाइ समय असुरक्षित थियाे । अझ रूकुका बाबुले सरकारी सेनाकाे भान्छेमा काम गरेकाले रूकु उनिहरूकाे अाँखाे बनी । गरिब नै भए पनि एक्ली छाेरीलाइ नै सम्पूर्ण ममता सुम्पेका थिए । दैबकाे अाँखा लागेपछि कस्काे के नै लाग्छ र बाबुअामा गुमाएपछि शहरमा काम गर्दै पढ्ने शर्तमा पारी गाँउकाे धनमान शाहुकाे पछि लागेर उस्ले पनि केही दिन पहिल्यै स्कुल छाडेपछि उ एक्लै भएकी थिइ ।

वाक्क बमिट हाेला जस्तै भयाे । रिँगाटा लागेजस्तै भयाे । बसिरहेकाे ठाँउ भासिन थाल्याे । अगाडि बसेकी उ कथामा सुनेकी किच्चकन्ने जस्तै लाग्याे ।  उ त  एक दुइ गर्दै छ सात जना हुन थाली । अाफ्नाे माथिल्लाे अाेठमा  थाेरै छाेक्रा अडिएर ठाडाे भएकाे जुङ्गा अाैँलाउँदै अाेइ तेराे बाबै अाए लाैरी लेर अाए भनेर खाटमुनी लुक्न खाेज्दा पाइन्टकाे बेल्ट तान्दै भनी "बाहुन त नसक्नुकाे रैछ.... कस्ताे थियाे ? अर्काे एक थपिदिँउ ?" फेरी झस्किएँ । उस्काे बैँशकाे मातले सबै लगेछ त्याे नशा , र उसकाे अनुहाँरमा हेरेँ।  उस्काे कर्के हेराइ जहाँ म उस्काे छल्किरहेकाे प्रेम अनुभव गर्न सक्थेँ । खै उ लजाइरहेकी थिइन । किन किन उस्लाइ मातेकाे बाउले बाेलेकाे बानी याद थियाे । मातेपछि झुट बाेल्दैनन भन्ने । म लर्बराउँदै उस्काे सुन्दरता र शरिरकाे वर्णन गरिरहेकाे थिएँ ।

मलाइ थाहा छ " तिमी लाेग्ने मान्छेहरू मातेपछि र राम्री तरूनी भेटेपछि अाबाशकाे तारा नै झार्छु भन्छाै ।" अझ हाम्राे बाउले त... अामालाइ चन्द्रमा मै घर बनाइदिन्छु भन्छ । सुन्दरतासँगै उस्लाइ फुर्काएकाे मन परेन क्यारे । झनक्क रिस उठ्याे र हपार्दै भने "तेराे बाउ सँग मलाइ तुलना गर्छेस चाेथाले "। अाेछ्यान मिलाएकै ठाँउबाट सिरानीकाे झट्टी हान्दै भनि "बाउले था पाउँछ काठा "। ठुलै स्वारमा बाेल्दै थिएँ क्यारे मुखमा उस्काे अाेठले थुन्दै अाेछ्यानमा तानी ।

अाैँशि कटेर भर्खर सप्तमी अाकाश बिचमा चन्द्रमा  पाैडदै थियाे । अचानक कागहरू उड्न लागे । कुकुर जाेड जाेडले भुक्न लागे । उसलाइ सिरानी बनाएकाे हात झम्झमायाे । अाकाशमा बिजुली झिमिक्क चम्कियाे र माेबाइलमा भाइब्रेसन भयाे । मन नलाग्दै फाेन रिसिभ भै सकेकाे थियाे । हेल्लाे भन्न नपाउँदै परिचित चित्कार (राेदन अावाज) सुनिदैँ थियाे दाइ म बर्बाद भएँ, लुटिएँ, बलत्कृत भएँ । भ्वाक्क सिरानीसँगै भुँइमा बजारीएँ र टुट्याे सपना । सिरानी मुनी चार्जमा राखेकाे माेबाइल दबाएँ । खुल्लै छाडिएकाे फेसबुकमा याैटा बिछिप्त फाेटाे राखेर लेखिएकाे थियाे  "बलत्कारीलाइ फाँसि दे" ।

धन्यबाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्