बार्सिलोनाले आर्सनललाई हरायो

<span class='c1'>बार्सिलोनाले आर्सनललाई</span> <span class='c2'>हरायो</span>

काठमाडौं, फागुन १२ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बार्सिलोनाले आर्सनललाई पराजित गरेको छ । प्रि–क्वाटरफाईलन अन्तर्गत गएराति आर्सनलको मैदानमा भएको पहिलो लेगको खेल बार्सिलोनाले २–० ले विजयी भएको हो । खेलमा बार्सिलोनाका लागि दुबै गोल लियोनल मेस्सीले गरे ।

मध्यान्तरसम्म गोलरहित बराबरीको अवस्थामा रहेको खेलमा मध्यान्तरपछि बार्सिलोना हावी भएको हो । मेस्सीले ७१ र ८३ औं मिनेटमा गोल गरे ।

यो जितसँगै बार्सिलोनाले क्वाटरफाईनल पुग्ने सम्भावना बलियो बनाएको छ भने दोस्रो लेगको खेलपूर्व आर्सनल दबाबमा आएको छ ।

च्याम्पियन्स लिगअन्र्तगत गएराति नै भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिख र ईटालीको युभेन्टसले २–२ गोलको बराबरी खेलेका छन् । युभेन्टसको मैदानमा भएको खेलमा बायर्न म्युनिखका थोमस मुलर र आर्यन रोबेनले एक–एक गोल गरे । २–० ले पछि परेको घरेलु टोली युभेन्टसका लागि पावलो दिबाला र स्टेफानो स्टुरारोले एक–एक गोल फर्काउँदै खेल बराबरीमा टुंग्याए ।

यो बराबरीपछि हारको मुखमा पुगेको युभेन्टसलाई केही राहत मिलेको छ । दोस्रो लेगको खेल बायर्न म्युनिखको मैदानमा हुनेछ ।

युएफा च्याम्पियन्स लिग फुटबल प्रि–क्वाटरफाईनल अन्तर्गत आज राति दुई खेल हुनेछन् । आज युक्रेनको डाईनामो किभ र इङ्ल्यान्डको म्यानचेस्टर सिटी भिड्दा नेदरल्याण्ड्सको पिएसभीले स्पेनको एथ्लेटिको मड्रिडको सामना गर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्