बिनु तिम्सिना
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले उच्चस्तरीय समितिको नेतृत्वमा आफु रहदा आन्दोलनरत दलहरुलाइ असन्तुष्टि भए आफु त्यो पदबाट अट्न कुनै आपत्ति नरहेको बताउनुभएको छ ।
विराटनगर पिमानस्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै उहाले यस्तो बताउनुभएको हो । उच्च स्तरीय समितिको नेतृत्वमा आफु हटेर अरु व्यक्ती बस्दा समिति सकृत हुन्छ र छिटो कार्य सम्पन्न हुन्ट भने आफुलाइ हट्न कुनै समस्या भएको बताउनुभयो ।
मन्त्री थापाले भारतिय भ्रमणले नेपालमा जल विद्युतको विकास, हुलाकि मार्ग लगायतका विकास निर्माणका कार्यहरुका विषयमा ठोष निर्णय हुनुका साथै दुइ देश विचको समझदारीमा अभिबृद्धि भएको समेत जानकारी दिनुभयो । हाल देखिएको नाकाको समस्या प्राविधिक कारणले भएकाले त्यो क्षणिक मात्रै भएकाले यसका पछाडि कुनै नितिगत कारण नभएको उल्लेख गर्नुभयो ।
एक अर्काे प्रसंगमा उहाले स्थानिय निर्वाचनका लागि आवश्यक गृहकार्य भइरहेकाले कागं्रेसको महाधिवेशन सकिए लगत्तै स्थानिय निकायको निर्वाचन सम्पन्न गर्ने उहाले जानकारी दिनुभयो ।