रुपन्देही–११ सेमिफाइनलमा प्रवेश

रुपन्देही–११  सेमिफाइनलमा प्रवेश

बिराटनगर  फागुन १६  ।

धरानमा जारी १८ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा रुपन्देही–११ प्रवेश गरेको छ ।  आइतबार भएको खेलमा आयोजकको टिम धरान फुटबल क्बललाई ४–१ गोलअन्तरले हराउँदै रुपन्देही सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १–० ले अग्रता लिएको आयोजकको टिमविरुद्ध दोस्रो हाफमा रुपन्देहीले ४ गोल गरेको थियो । पहिलो हाफमा धरानका रजिन धिमालले पेनेल्टी गोलमार्फत खाता खोलेका थिए । पहिलो हाफमा निकै प्रतिस्पर्धात्म बनेको खेलको दोस्रो हाफमा भने रुपन्देहीले धरानलाई दबाबमा राखेको थियो । रुपन्देहीका तर्फबाट दोस्रो हाफ सुरु भएको २३ औं मिनेटमा विक्रम लिम्बूले बराबरी गोल गरे । यस्तै रुपन्देहीका लागि ३४ औं मिनेटमा गणेश खड्का, ३६ औं मिनेट अफ्रिकन खेलाडी भिक्टर र ४२ औं मिनेटमा शिव श्रेष्ठ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच रुपन्देहीका भिक्टर घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिएको छ । सोमबारको खेल अघिल्लो वर्षको विजेता एपीएफ र कास्की–११ पोखराबीच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्