हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान विराटनगरमा सुरु

<span class='c1'>हात्तिपाइले रोग विरुद्धको औषधी</span> <span class='c2'>खुवाउने अभियान विराटनगरमा सुरु</span>

बिनु तिम्सिना
विराटनगर फागुन, २०
स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले हरेक वर्ष हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान संचालन गर्दै आएको छ । जस अन्तरगत मोरङ जिल्ला र विराटनगर उपमहानगरपालिकामापनि विगत पाँच वर्ष देखि वार्षिक रुपमा यो अभियान संचालन हुदै आएको छ । वार्षिक रुपमा अभियान संचालन भएपनि हात्तिपाइले रोग विरुद्धको औषधि खान हुदैन भन्ने गलत धारणा चिर्न नसक्दा अभियान सफन हुन सकिरहेको छैन ।
हात्तिपाईले रोग निवारणका लागि जिल्ला जनश्वास्थ्य कार्यालय मोरङ र विराटनगर उपमहानगरपालिकाले हरेक वर्ष जिल्ला र नगरमा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान संचालन गर्दै आएको छ । तर हात्तिपाइले रोग विरुद्धको औषधि खान हुँदैन भन्ने गलत धारणाका कारण यो अभियान सफल हुन सकिरहेको छैन् । गत वर्षपनि जिल्ला जनश्वास्थ्य कार्यालयले जिल्लाका २ वर्ष भन्दा माथि र ७० वर्ष सम्मका ८ लाख २५ हजारको हाराहारीमा यो औषधि खुवाउने लक्ष्य राखेको थियो । तर ७६ प्रतिशतले मात्रै यो औषधि खाएको तथ्याङ्क छ । अभियान संचालन गरेर टोल टोलमा गएर यो औषधि खानुस भनेर दिदा समेत मानिसहरुले औषधि खान नमन्ने गरेका कारण निकै समस्या हुनेगरेको स्वयमसेविका शिलादिक्षित कार्कीको भनाइ छ ।
जनचेतना र प्रचारप्रसारको कमीले भने मानिसले यो औषधि नखाएका होइनन् । धेरै जसो पढेलेखेका र शिक्षित वर्गहरुले नै यो औषधि नखाइदिदा समस्या भइरहेको जिल्ला जनश्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु येङ्देन बताउनुहुन्छ । हात्तिपाइलेको जिवाणु शरिरमा प्रवेश गरेको १० देखि १५ वर्ष पछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसहरुले औषधिलाइ बेवास्ता गर्ने गरेको उहा बतानउनुहुन्छ ।
समग्र जिल्लाको तथ्याङ्क भन्दा विराटनगर उपमहानगरपालिकामा यो औषधि सेवन गर्नेको संख्या झन न्युन रहेको विराटनगर उपमहानगरपालिकाका जनश्वास्थ्य शाखा प्रमुख दशिलाल माझिले बताउनुभयो ।
विराटनगर उपमहानगरपालिकाले गत वर्षपनि एक लाख ६७ हजार जनशंख्यालाइ यो औषधि खुवाउने लक्ष्य लिएको थियो तर त्यो लक्ष्य पुरा हुन सकेन । गत वर्षपनि ५७ हजार जनशंख्याले मात्रै यो औषधि खाएका थिए । हात्तीपाइले रोग ठुलो स्वास्थ्य समस्याको रुपमा देखिएको छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । हात्तीपाइले (फाइलेरिया) सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया बाँन्क्रोफ्टी नामक परजिवीबाट लाग्छ । हाल १२ करोड मानिसहरु यो रोगबाट संक्रमित भैसकेका छन् । नेपाल पनि ६१ वटा जिल्लामा मानिसहरु यो रोगको संक्रमणमा परेका छन् । प्रत्येक बर्ष ९ हजार भन्दा बढी मानिसहरु हातीपाइले रोगबाट संक्रमित भएर अस्पताल आउने गरेको जिल्ला जनस्वास्थय कार्यालय मोरङले जनाएको छ । यहि फागुन २१, २२ र २३ गते हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने कायक्रम रहेकोे छ । अभियानमा ८ लाख २५ हजार ४ सय ८७ जनालाई हात्तिपाईले रोगको औषधि खुवाईने लक्ष्य रहेको छ । औषधि खुवाउनका लागि २ हजार ७ सय ८९ वटा केन्द्र निर्धारण गरिएको छ । निर्धारण गरिएको केन्द्रमा ४ हजार ५ सय ७८ जना स्वयंसेविकाहरुले औषधि खुवाउने छन् । मोरङमा १ सय १६ जना हात्तिपाईलेका रोगी छन् । २ बर्षमुनिका बालबालिका, गर्भवती, सुत्केरी, दिर्घरोगी र अन्य रोगको औषधी सेवन गरिरहेका बिरामीले समेत हात्तीपाइले रोगको औषधी सेवन गर्न हुदैन । साथै खाना खाएको दुइ घण्टा भित्रमा यो औषधि सेवन गर्नुपर्छ । हात्तिपाइले रोगको एक मात्रै उपाय भनेको यहि औषधिको सेवन हो । तसर्थ हात्तिपाइले विरुद्धको औषधिको सेवन गरौं आफु, आफ्नो परिवार र छिमेकिलाइ हात्तिपाइले रोग हुनबाट बचाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्