मनाङ मस्र्याङदी क्लबले जित्यो बुढासुब्बा गोल्डकप

<span class='c1'>मनाङ मस्र्याङदी क्लबले</span> <span class='c2'>जित्यो बुढासुब्बा गोल्डकप</span>

धरान, २२ फागुन । धरानमा जारी १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब काठमाडौंले हात पारेको छ ।  धरान फुटबल क्लबको आयोजनामा एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै मनाङले उपाधि हात पारेको हो । मनाङले पुलिसलाई १–० को अन्तरले पराजित गरेको छ । प्रतिष्पर्धात्मक बनेको फाइनल खेलमा मनाङका अफ्रिकन खेलाडि एपिज ओलावालेले खेलको अन्तिम समय ४३ औं मिनेटमा गोल गरी मनाङको जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ द म्याच मनाङका एपीज ओलावाले घोषित भए । उनलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिएको छ । खेलको समापन संगै विभिन्न उत्कृष्ट खेलाडिहरुलाई नगद पुरस्कार सहित ट्रफि प्रदान गरिएको छ । मनाङले १८ औं बुढासुब्बा गोल्डकपमा उपाधि संगै नगद ४ लाख रुपैया पुरस्कार प्राप्त गरेको छ । यस वर्षको गोल्डकपको वेष्ट गोलकिपर मनाङ र उत्कृष्ट खेलाडि मनाङका किरण चेम्जोङ घोषित भएका छन् । उनलाई वेष्ट गोलकिपरको नगद पुरस्कार ११ हजार सहित उत्कृष्ट खेलाडिको पुरस्कार यामाहा मोटरसाईकल प्रदान गरिएको छ । त्यसै गरि बेष्ट डिफेन्समा नेपाल पुलिस क्लबका सुरज विक, बेष्ट मिड फिल्डर मनाङका हेमन्त गुरुङ, बेष्ट स्ट्राईकर मनाङकै अनिल गुरुङ, बेष्ट कोच मनाङका छिरिङ लोप्साङ गुरुङ घोषित भए । उनीहरुलाई क्रमशः नगद ११ हजार सहित ट्रफि प्रदान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकर्ता मनाङका एपिज ओलाओले भए । उनले प्रतियोगिता अवधिभर ५ गोल गरेका थिए । उनलाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिएको छ । कार्यक्रममा प्रतियोगिताको उपविजेता बनेको नेपाल पुलिस क्लबले नगद २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवबहादुर विष्टले खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्