महिला म्याराथुनमा प्रहरीलाई उपाधी

<span class='c1'>महिला म्याराथुनमा</span> <span class='c2'>प्रहरीलाई उपाधी</span>

प्रेम देवान

विराटनगर २५ फागुन ।
लियो क्लव अफ विराटनगर ईनोभेटिभले अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा ईनोभेटिभ लेडी रोड रन मंगलबार सम्पन्न गरेको छ ।
प्रत्येक बर्ष अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा गर्दै आएको महिला म्याराथुन दौड यस वर्ष पनि गरेको लियो क्लव अफ विराटनगर ईनोभेटिभका अध्यक्ष सुनिरा चौधरीले जानकारी दिनुभयो ।
मंगलबार भएको ईनोभेटिभ महिला म्याराथुनमा पुर्व क्षेत्रिय प्रहरी तालिम केन्द्र रानी विराटनगरका महिला प्रहरी जवानहरु विजेता भएका छन् ।
क्रमस सुमित्रा राई प्रथम, हेम कुमारी लामीछाने दोस्रो, र तृतिय अमिता राई भएका छन् । त्यसै गरी सान्तवान पनि प्रहरी तालिम केन्द्र कै कुन्तु चौधरी भएकी छन् । प्रथम विजेताहरुलाई ४ हजार १ सयको साथमा ट्रफी तथा लक्ष्य ईम्पोरिमबाट क्याजुयल ड्रेस , स्माईली क्याफेबाट डिनर, दोस्रो हुनेलाई तीन हजार १ सय साथमा ट्रफी तथा लक्ष्य ईम्पोरिमबाट क्याजुयल ड्रेस , स्माईली क्याफे बाट डिनर, र तृतिय हुनेलाई २ हजार १ सय साथमा ट्रफी तथा लक्ष्य ईम्पोरिमबाट क्याजुयल ड्रेस , स्माईली क्याफे बाट डिनर प्रधान गरिने छ । कार्यक्रममा टप टेनलाई पनि प्रमाण पत्रले सम्मान गरिएको थियो ।
lady run 1
म्याराथुन महेन्द्र चोक देखी सनी मन्दिर, जलजला चोक, ट्राफिक चोक हुदै पुन महेन्द्र चोकमा पुगी समापन गरेको थियो । विजेताहरुलाई पुर्व क्षेत्रिय प्रहरी कार्यलय रानी विराटनगरका डिआईजी केशरीराज घिमीरेले हस्तारन्ण गर्नु भएको थियो । कार्यक्रममा ईन्टरनेसनल पास्ट डिष्ट्रीक गर्भनर लायन्स भिम घिमीरे, भ्वाईस डिष्ट्रीक गर्भनर लायन लिला कुमार ढुङ्गेल,लायन्स क्लव अफ ईनोभेटिभका चार्टरस पेसिडेन्ट अजिता बराल, लियो क्लव चियर मेन लियो कैलास खाकी श्रेष्ठ लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको ईनोभेटिभ लेडी रनकी कार्यक्रम संयोजक अनुपमा बस्तोलाले जानकारी दिनुभयो ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्