ईटहरीमा ट्र्याक्टर दुर्घटना, दुईको मृत्यु

ईटहरीमा ट्र्याक्टर दुर्घटना, दुईको मृत्यु

विराटनगर ११ चैत्र । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ३२८८ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई राजमार्गको छेउमा रहेको कलभर्टमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवन नारायणघाट बस्ने अन्दाजी २० वर्षका गौरव राय क्षेत्री रहेका छन् भने एकजनाको नाम थर खुल्न नसकेको जिल्ल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका मृतकद्वयको उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याउने क्रममा बाटोमा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्