नेपालले आज मलेसियासँग खेल्ने

<span class='c1'>नेपालले आज</span> <span class='c2'>मलेसियासँग खेल्ने</span>

काठमाडौं- पछिल्लो समय दुई प्रतियोगिता जितेको नेपाली फुटबल टोलीले आइतबार मलेसियाको युवा टोलीसँग मैत्रीपुर्ण खेल खेल्दैछ। बंगबन्धु गोल्डकप जितेलगत्तै नेपाली युवा टोलीले भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद(साग) को स्वर्ण पदक जितेको थियो। जुन २३ वर्षपछि नेपालले सागमा स्वर्ण जितेको हो।
मलेसिया गएकोटोलीमा स्वर्ण जित्दाका अधिकांश खेलाडी छन्। आइतबार नेपालले कप्तान विराज महर्जनको नेतृत्वमा पुनः अर्को सफलता हासिल गर्ने लक्ष्यसहित खेल्नेछ। बंगबन्धु गोल्डकप र सागमा स्वर्ण जित्दा टोलीका कप्तान विराज नै थिए। नेपालले मलेसियाको यु–२२ टोलीसँग खेल्न लागेको हो।

मलेसियाविरुद्धनेपालको विगतको प्रदर्शन सुखद छैन। पाँचपटक आमने सामने हँुदा नेपाल ४ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो। पछिल्लोपल्ट नेपाल र मलेसियाले सन् २००८ मा मलेसियामै सम्पन्न मर्डेका कप खेलेका थिए। उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्